एक करोडको स्वास्थ्य सरसफाई सामाग्री हस्तान्तरण

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:४१
Logo of trishuli prawaha

विदुर, सामुदायिक विकास केन्द्र नेपाल नुवाकोटले दाताहरूको सहयोगमा नुवाकोट–रसुवाका सात वटा गाउँपालिका र एक नगरपालिका लाई कोभिड–१९ लाई लक्षित गरी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

      नुवाकेटमा कोभिड-१९ को रोकथाम र ब्यवस्थापनमा सामुदायिक केन्द्रले ६ वटा गाउँपालिका र एक नगरपालिकाभित्र रहेको स्वास्थ्यचौकी र क्वारेन्टीनमा खानेपानी सरसफाई र स्वच्छता प्रबद्र्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । युके एडको आर्थिक सहयोग, मट म्याट डोल्नाडको ब्यवस्थापनमा सञ्चालित पुर्णिमा परियोजना अन्तर्गत केयर नेपालको साझेदारीमा ती पालिकामा सहयोग गरेको सामुदायिक विकास केन्द्र नेपाल नुवकोटका अध्यक्ष नारायण नेपालले जानकारी दिनुभयो । खानेपानी सरसफाई तथा स्वच्छता प्रबद्धन अन्तर्गत नुवाकेटका सात वटा पालिकामा विभिन्न स्वास्थ्य तथा सरसफाईको काम गरेको संस्थाका कार्यकारी निर्देशक विष्णुराज नेपालले बताउनु भयो । उहाँले दिएको जानकारीअनुसार १९ वटा क्वारेन्टीन सेन्टर र ४६ वटा स्वास्थ्यचौकीमा ९६ थान गोडाको साहयताले चलाउने हात धुने धारा जडान गरिएको छ भने क्वारेन्टाईनमा बस्ने नागरिकको लागि ब्यक्तिगत सरसफाई र स्वच्छतामा सहयोग पुग्ने हाइजिन किट वितरण गरेको, टवाईलेट बाथरुम निर्माण गरेको छ ।

      संस्थाले ७ वटा गाउँपालिकाका स्वास्थ्यचौकी र क्वारेन्टीनमा गरी १ करोड बराबरको स्वास्थ्य सरसफाइ र ब्यक्तिगत सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले ४६ वटा कोलाइडल फिल्टर, ९ सय प्रति सेनेटरी प्याड, १७ वटा क्वारेनटीन र २ वटा आइसोलेसनमा शौचालय सरसफाई सामान हस्तान्तरण गरेको छ । १४ वटा सेमी पर्मानेन्ट शौचालय, ५ अस्थाई बाथरुम, २ सेट डिस्इफेन्सन किट, १० हजार थान सर्जिकल मास्क, ३ सय ५० पिपिई सेट, ३ सय बोतल सेनीटाईजर हस्तान्तरण गरेको छ । केन्द्रले किस्पाङ गाउँपालिका वडा नम्बर-२ ताजीमा स्थापना गर्न लागिएको सामुदायिक भवन तथा तरकारी संकलन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महिला, पुरुष र अपाङ्गमैत्री शौचालय सहित उक्त भवन २९ लाख १० बजार रुपैयाँको लगानीमा निर्माण भईरहेको छ । भवन निर्माणको लागि किस्पाङ गाउँपालिकाको ८ लाख ६ हजार रुपैयाँ, युएनडिपिको ८ लाख ५ हजार रुपैयाँ, कारितास स्पानोलाको ८ लाख ५ हजार रुपैयाँ लगानी रहने केन्द्रको अध्यक्ष नारायणप्रसाद नेपालले जानकारी दिनुभएको छ ।