धादिङ अस्पतालको भेन्टिलेटर स्टोरमा थन्कियो

  • त्रिशूली प्रवाह
  • ८ कार्तिक २०७७, शनिबार ०७:४९

धादिङवेंशी, एक महिना अगाडी वाग्मती प्रदेश सरकारले धादिङ अस्पताललाई पठाएको भेन्टिलेटर र आईसियूका उपकरणमा जडान हुन नसंक्दा अस्पतालको स्टोरमा थन्किएको छ ।

धादिङ अस्पतालले कोभिड–१९ को संक्रमित बढ्न थालेपछि उपचार गर्न सकिरहेको छैन । अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना देखिएपछि असोज महिना मात्र तीन पटक अस्पतालले आकस्मिक सेवा बाहेक अरू सेवा बन्द गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवनचन्द झा नै कोभिड–१९ बाट संक्रमित भएपछि वाग्मती प्रदेश सरकारबाट पठाएको भेन्टिलेटर र आईसियु् जडान गर्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभएको छ । प्राप्त उपकरण जडान गरी सञ्चालनमा ल्याउन नसंक्दा अस्पतालमा आएका बिरामीलाई निकै समस्या परिरहेको छ ।

काठमाडौंका अस्पतालमा भेन्टिलेटर र आईसियु बेड खाली नहुँदा बिरामीले उपचार नपाएर ज्यान गुमाउन परिरहेको छ भने धादिङमा आएको उपकरण जडान हुन नसंक्दा स्टोरमा थन्किन दुर्भाग्य भएको संघीय सांसद एवं नेकपाको केन्द्रिय सदस्य खेम लोहनीले प्रतिक्रिया दिनुभएको छ । जनशक्ति ब्यवस्थापन गरेर आईसियु र भेन्टिलेटर सञ्चालनको लागि पहल गरिरहेको वाग्मती प्रदेश सांसद एवं नेकपा केन्द्रिय सदस्य राजेन्द्रप्रसाद पाण्डेले बताउनु भयो । उपकरण स्टोरमा रहेको बारेमा जानकारी पाएको वाग्मती प्रदेशका संघीय मामिला मन्त्री सालिकराम जमरकट्टेलले बताउनु हुँदै प्रदेशबाट पठाएको उपकरण तुरून्त जडान गरेर सेवा सञ्चालन गर्न आवश्यक स्रोत साधन ब्यवस्था गरिसकेको जानकारी दिनुभयो ।

सरकारको रेकर्डमा १५ शैøया क्षमताको अस्पताल भएपनि जिल्ला अस्पताल धादिङले आन्तरिक ब्यवस्थापनमा ५० शैøयाको सुविधा दिंदै आएको थियो । ५० शैøयाबाट सेवा दिई रहेपनि कोभिड महामारी शुरू हुनुअघि जिल्ला अस्पतालमा आईसियु र भेन्टिलेटर दुवै थिएन । देशभरमा जस्तै धादिङ जिल्लामा पनि कोभिड–१९ संक्रमितको संख्या दैनिक जसो थपिंदै छ ।
देशब्यापी कोरोना महामारी फैलिन थालेपछि कोरोना संक्रमणको जटिल केसका बिरामीको उपचारमा तत्काल सहयोग पु¥याउन वाग्मती प्रदेश सरकारले ५ शैøयाका लागि आईसियु र दुई शैøयाका लागि भेन्टिलेटरका उपकरण धादिङ जिल्ला अस्पतालमा पठाएको थियो ।

बिरामी उपचारका लागि लगिने मुख्य स्थान राजधानी काठमाडौंका अस्पतालमा पनि कोभिड–१९ उपचारको गर्न बिरामीले अस्पतालमा शैøया पाउने मुश्किल भईरहेको बेला जिल्ला अस्पताल धादिङले भने प्रदेश सरकारले पठाएका उपकरण समयमै सदुपयोग गर्न सकेको छैन । भेन्टिलेटर र आईसियुका उपकरण अहिले जिल्ला अस्पतालको स्टोर शाखामा थन्किएको छ ।