पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानका साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • ८ कार्तिक २०७७, शनिबार ०७:५३

विदुर, स्वर्गिर्य पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानका पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

प्रतिष्ठानले पुरानै कार्य समितिलाई निरन्तरता दिएको छ । कोरोना भाईरसको महामारीका कारण बृहत रुपमा अधिवेशन गर्ने अवस्था नरहेकोले पुरानै कार्य समितिलाई निरन्तरता दिएको प्रतिनिधीसभा सदस्य एवं प्रतिष्ठानका उपाध्यक्ष हितबहादुर तामाङले बताउनु भयो ।

प्रतिष्ठानको अध्यक्षमा नेकपा गोरखाका नेता हितराज पाण्डे, महा–सचिवमा नुवाकोटका श्रीकृष्ण अधिकारी, कोषाध्यक्षमा रुद्रप्रसाद ढुंगेल, र सदस्यमा स्वःबोगटीकी धर्मपत्नि राममाया बोगटी र ज्वाई निर्मल आचार्यसहित तथा ईन्द्र गोतामे, रुकु चौलगाई र रामप्रसाद सापकोटा रहेका छन् ।

प्रतिष्ठानले तत्कालिन नेकपा माओबादी केन्द्रका उपाध्यक्ष समेत रहेका बोगटी विचार र आदर्शलाई समुदाय तहसम्म पु¥याउँदै आएको छ । कुशल संगठकको रुपमा परिचय बनाएका स्वर्गिय बोगटी उर्जामन्त्रि समेत हुनुभएको थियो ।