विनपाको ११ वडा कार्यालय बन्द

  • त्रिशूली प्रवाह
  • ८ कार्तिक २०७७, शनिबार ०७:५४

गेर्खु, वडा कार्यालयमा काम गर्ने एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विदुर नगरपालिका वडा नम्बर ११ को कार्यालय अनिश्चितकालको लागि बन्द भएको छ ।

वडा कार्यालयको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकाले सूचना जारी गरी अनिश्चितकालको लागि कार्यालय बन्द गरेको हो । वडा नम्बर ११ वडा कार्यालयमा काम गर्ने एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष तोयानाथ तिम्सीनाले जानकारी दिनुभयो । केही दिनअघि वडाका कर्मचारी पिसिआर परिक्षण गर्दा उनको रिर्पाेट पोजेटिभ देखिएको वडाध्यक्ष तिम्सीनाले जानकारी दिनुभयो । वडा कार्यालयमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै विदुर नगरपालिका वडा नम्बर–११ को वडा कार्यालय अर्काे सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय भएको छ ।

डाध्यक्ष तिम्सीनाले वडाको एक कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै अत्यावश्यक कामबाहेक घरवाहिर ननिस्कन सबै वडाबासीलाई आग्रह गर्नुभएको छ । वडाभित्र कोरोना भाईरसका संक्रमित देखिएकोले भीडभाड हुने कुनै पनि कार्य नगर्न र नगराउन समेत आग्रह गरेका छन् । चाडपर्व नजिकिएसँगै कोरोनाको जोखिम बढ्दै जाँदा गाउँमा भीड बढेको छ । स्वास्थ्य मापदण्डको ख्याल नगरी सञ्चालित ब्यापार ब्यवसाय सँगैको असावधानीले समुदायमा संक्रमण बढ्दो छ ।

उहाँले वडा क्षेत्रभित्र रहेका पसलमा आवश्यक काम भन्दा बढी समय नबस्न र चाडपर्वमा जाँड, रक्सी तथा जुवातास खेलेर हो–हल्ला नगर्न समेत आग्रह गरेका छन् ।