तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २० कार्तिक २०७७, बिहीबार १३:५१
Buddha Eyes

राणा सरकारको पालामा जुवा खुलेको ढोलपिटाइ हुन्थ्यो रे टुँडिखेलबाट ! अहिले हाम्रो देशको कानुनमा जुवाखेल बर्जित गरे पनि लुकिछिपी र प्रशासनको आडमा मौलाइरहेको हो कि भन्ने भान नुवाकोटमा देखिएको छ । विगतका तास खेल्नेहरूको सातो लिएको कारण तत्कालीन प्रजिअ र प्रहरी प्रमुख एक–एक महिनाको फरकमा सरुवा भएर हो कि अहिलेको प्रहरी प्रशासनको जुवा खेल्नेहरूप्रति नरम नीति अवलम्बन ! काठमाडौंदेखि जुवा खेल्नका लागि नुवाकोट भित्रिने क्रम बढेपछि कोरोनाले थिलथिलिएको व्यावसायिक क्षेत्र उठ्न लागेको महसुस तेस्रो आँखाले गरिरहेको छ । जिल्लामा जुवा पर्यटनको सम्भावना देखिएको छ । खालबाटै जुवाडे पक्राउ हुने अनि जुवाडेले प्रहरी कार्यालय टेकेर सानसँग फर्किन पाउने भएपछि राजनीतिक दलका नेता र स्थानीय सरकार प्रमुखहरू दङ्ग ! प्रहरी प्रशासनले अब अवैध क्रसर सञ्चालनमा आँखा चिम्लिने हो भने इजी मनीको स्रोत खुला हुँदै जिल्लाको अर्थतन्त्र उकालो लाग्ने योजना समन्वय प्रमुखले सार्वजनिक गरे भने आश्चर्य नमाने हुन्छ कि ? केही समय कुरौँ, हल्ला यथार्थमा परिणत होला कि ?