+
Search

ताजा अपडेट +

पपुलर +

भाडादर नटाँसे कारबाही

भाडादर नटाँसे कारबाही
त्रिशूली प्रवाह
५ साल अगाडी

विदुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले यात्रुबाहक सवारी साधनमा भाडादरको विवरण नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई ठाउँको ठाउँ कारबाही गर्ने भएको छ ।

Utsuk Books & Stationery

      गत हप्तादेखि ट्राफिक प्रहरीले अभियानकै रूपमा सवारी साधनलाई चेकजाँचको थालनी गरेको छ । अभियानको रुपमा सुरुमा केही दिन प्रहरी आफैंले भाडादर सवारीमा टाँस्ने गरेको छ । सार्वजनिक सवारी साधनले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो ब्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तब्यसम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट जोगिनका लागि यात्रुले देखिने गरी भाडादरको लिस्ट सवारीमा अनिवार्य राख्न कडाई गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

     सवारी साधनले भाडादर यात्रुले देखिने गरी नटाँसेमा कारबाही गर्ने जनाएको छ । कोरोना संक्रमणको समयमा राज्यले भाडादर बढाएर यात्रु बोक्न पाउने नियम बनाएको थियो । यता सवारी साधनले भने अहिलेसम्म भाडा बढि लिंदै आएको र यात्रु पनि कोचाकोच गर्न थालेको गुनासो आएपछि ट्राफिक प्रहरीले सक्रियता बढाउन थालेको छ । यात्रुबाहक सवारी साधनले प्रचलित तोकेको भन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमता भन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लंघन गर्ने गरेको भन्दै जिल्ला प्रवेश गर्ने नाकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह