तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार ११:४३
Buddha Eyes

घुम्दै फिर्दै रूम्जाटार भनेझैं स्थानीय निकायले अबैध गिट्टी, बालुवा प्रशोधनमै स्रोत देखेपछि इजिमनीको रूपमा रहेको क्रसर उद्योग सञ्चालन भएमा नुवाकोटले आश्चार्य नमाने हुन्छ । प्रहरी प्रशासन हुटी ट्याऊँले आकाश थाम्दैन भनेझैं शान्ति सुरक्षा प्रदान र कोरोना संक्रमण नियन्त्रणमा ध्यान दिनुपरेको घुमाउरो पाराले क्रसर उद्योग खुलाउन सेफ ल्याण्डिङ खोज्न जनप्रतिनिधी र प्रजिअको कोठे बैठक बाक्लिन थालेको गाईगुई भईरहेको छ । विचरा कानूनलाई निरीह बनाएर टाठा बाठाकै पक्षमा निर्माण सामाग्रीको अभाव देखाएर अस्थायी स्विकृती दिए भने अनौठो नमाने हुन्छ । प्रजिअ र स्थानीय निकाय प्रमुखको बैठकमा भएर होला अदालतमा गएका क्रसर उद्योगी ब्यवसायी सिडिओ गलेको हो कि हाम्रो पुर्पुरो बलियो भएको भनेर पत्ता लगाउन जोतिषीकोमा धाईरहेका छन् ।