बट्टारमा डष्टबिन वितरण

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार ११:५२

बट्टार, ‘विदुर नगर हाम्रो शहर सफा स्वच्छ राख्ने सबैको रहर’ भन्ने मुल नाराका साथ मंगलबार विदुर नगरपालिका वडा नं.-४ बट्टारको पुरानो बजारमा एकिकृत फोहोरमैला ब्यवस्थापन अभियान शुरु भएको छ ।

      जैविक/अजैविक फोहर श्रोतमै छुट्याई पुनः प्रयोगको अभ्यास गरी फोहरको समस्या वडा र टोलमा कम गर्ने उद्देश्यका साथ अभियान शुरु गरिएको विदुर नगरपालिका वडा नम्बर-४ का वडाध्यक्ष टलकमान श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार फोहोर मैलालाई एकिकृत रुपमा जम्मा गर्न टोल/टोलमा डष्टबिन राखी फोहोरलाई संकलन गर्न सहज हुने उद्देश्यले वडावाट डष्टबिन समेत वितरण गरिएको छ ।

      उक्त कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितको सफा नगर बनाउने दायित्व हामी सबै नगरबासीको भएकाले एकिकृत फोहोरमैला ब्यवस्थापन अभियानमा नगरका आम नागरिकको सहयोग र सहकार्यमा मात्रै सम्भव रहेको बताउनु भयो । कार्यक्रममा विदुर नगरपालिकाका उप-प्रमुख गीताकुमारी दाहाल, नेकपाका नेता तथा समाजसेवी बुद्वि प्रधान, विदुर नगरपालिका वडा नं.-१ का वडाध्यक्ष लेलिन रञ्जित, टोल विकास संस्था अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, सचिव निलमबावु ढुङ्गेल, वडा समितीका प्रतिनिधीलगायतको सहभागी रहेको थियो ।