त्रिशूली अस्पताल डा. पाण्डेको जिम्मामा

  • त्रिशूली प्रवाह
  • ४ मंसिर २०७७, बिहीबार १२:२२
Logo of trishuli prawaha

विदुर, नुवाकोटको सरकारी अस्पताल त्रिशूली अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डाक्टर दीपेन्द्र पाण्डेले पाएका छन् । नौ तहको निमित्तको भरमा सञ्चालन भइरहेको अस्पतालले गत हप्तादेखि दरबन्दीअनुसारको दश तहको मेडिकल सुपरिटेन्डेन्ट पाएको हो ।

      मेडिकल सुपरिटेन्डेन्ट पाण्डेले पदभार ग्रहण गरेसँगै अस्पतालमा फेसरिडबाट हाजिरी गर्ने प्रणाली जोड्ने बताएका छन् । पछिल्लो समय उच्चस्तरीय र विश्वसीनय सेवा प्रवाह हुँदै आएको अस्पतालमा उल्लेख्य सुधार भएको छ । विशेषज्ञ सेवा प्रवाह हुँदै आएको अस्पतालमा पर्याप्त कर्मचारी कार्यालयमै नियमित उपस्थितिका लागि फेसरिडबाट हाजिरी गर्ने प्रणाली जोड्न लागेका हुन् । अहिले अस्पतालमा एक सय ४४ जना कर्मचारी रहेका छन् ।
राष्ट्रिय ट्रमा सेन्टरबाट नुवाकोट त्रिशूली अस्पतालको मेसु भएर डक्टर पाण्डे आएका हुन् । उनी सरकारी चिकित्सकका निवर्तमान केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् । वरिष्ठ अर्थोपेडिक सर्जन दश तहका पाण्डेले मेसुको पदभार ग्रहण गरेसँगै अस्पताललाई परिस्कृत सेवा प्रवाह गर्दै नमुना बनाउने प्रतिबद्धता जनाएका छन् ।