नुवाकोटमा अझै २ सय ३३ सक्रिय संक्रमित

  • त्रिशूली प्रवाह
  • १७ मंसिर २०७७, बुधबार १६:२३

विदुर, नुवाकोट जिल्लामा अझै कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ३३ रहेको छ । बुधबार ५९ जनाको पिसिआर परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

       बुधबार जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार ६ सय १६ जना कोरोना जितेर घर फर्केका छन् । बुधबार मात्रै १४ जना निको भएका छन् । संक्रमितमध्ये ७ जना अस्पतालमा र २ सय २६ जना होम आईसोलेशनमा रहेको जानकारी स्वास्थ्य कार्यालय नुवाकोटले दिएको छ । बुधबार दिउँसोसम्म संक्रमित हुनेको संख्या ८ सय ५० पुगेको छ । कार्यालयले दिएको जानकारीअनुसार बुधबारसम्म विदुर नगरपालिकामा संक्रमितको संख्या ५ सय, बेलकोटगढी नगरपालिकामा ७३, ककनी गाउँपालिकामा २७, सुर्यगढी गाउँपालिकामा ५९, लिखु गाउँपालिकामा २१, शिवपुरी गाउँपालिकामा २९, पञ्चकन्या गाउँपालिकामा १७, दुप्चेश्वर गाउँपालिकामा २७, तादी गाउँपालिकामा २८, किस्पाङ गाउँपालिकामा २३, म्यागङ गाउँपालिकामा ९, तारकेश्वर गाउँपालिकामा ३६ र जिल्ला बाहिरका १ जना रहेका छन् । जिल्लामा अहिलेसम्म ७ हजार ६ सय ६२ जनाको स्वाब परीक्षण गरिएकोमा ८ सय ५० जना संक्रमित र ६ हजार ८ सय ११ जनामा संक्रमण नदेखिएको कार्यालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।