+
Search

ताजा अपडेट +

पपुलर +

महिला उद्यमी तालिम सम्पन्न

त्रिशूली प्रवाह
५ साल अगाडी

समुन्द्रटार, दुप्चेश्वर गाउँपालिका-३ को महिला सञ्जालका पदाधिकारीलाई तीनदिने गोलभेँडा, फर्सी तथा स्कुसको सस तथा फलफूलको जाम बनाउने तालिम राउतबेंसी, दुप्चेश्वर गाउँपालिका र युएनडिपी तथा सहकार्य समाज नेपालको साझेदारीमा सञ्चालित सामुदायिक संरचना तथा जीविकोपार्जन कार्यक्रम (CILRP) को सहयोगमा सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

      गाउँपालिकाको ६ नम्बरको महिला सञ्जाललाई समेत पुनः प्रयोग गर्न सकिने स्यानिटरी प्याड बनाउने तालिम सामुदायिक संरचना तथा जीविकोपार्जन कार्यक्रमले प्रदान गरेको छ । तालिमपश्चात् महिला सञ्जालाले छुट्टा-छुट्टै रूपमा सस बनाउने र पुनः प्रयोग गरिने स्यानिटरी प्याड बनाउने साना उद्योगको रूपमा दर्ता गरेर सञ्चालन गर्ने योजना बनाइरहेको छ । दुवै तालिमको समापन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अन्जु आचार्यले १६दिने लैङ्गिक हिंसाविरुद्धको अभियानमा गाउँपालिकाका महिला उद्यमी बन्ने तालिम लिएर हिंसाविरुद्धको कार्यक्रममा सहभागी भएकोमा खुशी व्यक्त गरिन् । आचार्यले गाउँपालिकाले महिला जो उद्यमी बन्न चाहन्छन् उनीहरूलाई सहयोग गर्ने र उत्पादित सामग्रीको बजार व्यवस्थापनसमेत गर्ने जनाइन् । उनले महिलाले कामको विभाजन गरेर उद्योगलाई सञ्चालन गर्न जोड दिइन् ।

      सहकार्य समाज नेपालका अध्यक्ष नीलकण्ठ आचार्यले जीविकोपार्जनका लागि सस तथा पुनः प्रयोग गर्न सकिने स्यानिटरी प्याड दुवै उद्योग राम्रो सम्भावना भएको बताए । वडा नम्बर– ३ का वडाध्यक्ष ध्रुवकर केसीले वडाले सञ्जाललाई सस उद्योग सञ्चालन गर्न सधैँ सहयोग गर्ने बताए । त्यसैगरी वडा नम्बर-६ का वडाध्यक्ष किशोर आचार्यले सञ्जाललाई व्यवस्थित योजना लिएर अगाडि बढेमा वडाले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता सो अवसरमा जनाए । कार्यक्रममा गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका शाखा प्रमुख निर्मला लामिछाने, पूर्णिमा कार्यक्रमका योजना तथा सुशासन सल्लाहकार सञ्जु केसी, चन्द्रमती सहकारीका अध्यक्ष बोजबहादुर तामाङ, सञ्जालका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह