तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १३ जेष्ठ २०७८, बिहीबार ०९:५७
Buddha Eyes

स्वास्थ्य सङ्कटकाल लगाउने तयारीमा सरकार जुटिरहेको खबर आइरहेको छ । कोरोनाको महाविपत्तिको त्रासको सामना गरिरहेका जनताको चासो सरकारीमातहतको अस्पतालतिर परेको छ । जिल्लाको सरकारी अस्पतालको दर्जा पाएको त्रिशूली अस्पताल साधन–स्रोतले सम्पन्न हुने तरखर रहँदा नर्मल अप्रेसन गर्न निजी अस्पतालमा बिरामी रिफर ! रिफर गर्ने डाक्टर सा’वबाटै निजी अस्पतालमा अप्रेसन हुँदा प्रशासन बेखबर ! अस्पतालको फार्मेसीले मासिक करोडौँ औषधि खरिद गर्छ, तर बिलमा छुट गर्ने संस्कार बसाल्ने दायित्व नभएको भनेर गाइँगुइँ भइरहेको छ । औषधिमा राम्रै छुट पाइने कुरा गर्दै छन् मेडिकल पसलेहरू ! कोरोना सङ्क्रमित भएर पनि दिनरात नभनी बिरामीको उपचारमा खटिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनुपर्ने बेला टीका–टिप्पणी गर्नु हजम नहोला कि ? पिसिआर ल्याबको हिसाब चुस्त–दुरुस्त नभएको निजी अस्पताल र गैरसरकारी सङ्घसंस्था र प्रोजेक्टले गराएको पिसिआर परीक्षण शुल्क, सशुल्क हो कि निःशुल्क हो वार्षिक अडिटमा देखिएला नि त डाक्टर सा’व ?