तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १० असार २०७८, बिहीबार १०:२९
Buddha Eyes

एमाले पार्टीको अधोगति सत्तारोहणदेखि सुरु भएको अगुवा नेताले बुझे पनि हाँडीघोप्टे प्रवृत्तिले स्वाहा ! जिल्लाको सदरमुकामको नगरपालिकामा एमालेको वर्चश्व रहँदा-रहँदै पनि गत वर्षको नगर सभामा काङ्ग्रेसी टिकटबाट जितेकाले उद्दण्डता प्रदर्शन गर्दा एमालेका वडाध्यक्ष दर्शक मात्र ! आगामी मेयरको टिकट हत्याउन सातभाइ वडाध्यक्ष र उपमेयर म्याडम रेसले नगर पूरै घुलाम्मे ! एमालेको भविष्य के हुने टुङ्गो नलागे पनि एमालेकै टिकट लिएर मेयर उठ्न पदासीनबाहेक एक दर्जन नेता बाहिर ! यसपटकको नगर सभामा मेयरलाई विपक्षीको भन्दा आफ्नैको त्रास ! नगरमा विगतदेखि नै एमालेको तर्फबाट विजयी जनप्रतिनिधिले जगत् हसाइँ एमालेलाई सिध्याएका साक्षी दुईपटक मेयर/उपमेयर बन्ने सौभाग्य पाएका गजुरेल र मानिकलाल जीवितै छन् । नारायणदाइलाई एमाले भनेर भोट दिएका मतदाता उहाँ त अहिले काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर क्याम्पिङमा सक्रिय हुँदा आश्चर्यचकित ! मतदाता, शुभेच्छुक र कार्यकर्ताले बहिष्कारको डरले विघटित सांसद खतिवडा मन अमिलो बनाउँदै रुझेको बिरालो पारामा लुसुलुसु पिमलटार !