हेगेलको जीवनबारे कुनै अरू दिन लेख्दै गरुँला । आज भने हेगेलको पहिलो पुस्तकबारे चर्चा गर्दै छु । हेगेलको दर्शन phenomenology of spirit भन्ने पुस्तकमा देखिन्छ । हेगेलको पूरै दर्शन नबुझी माक्र्सवाद बुझ्दै नबुझिने रहेछ । कार्लमाक्र्सले हेगेलको दर्शन टाउकोले टेकेर हिँड्दै थियो । मैले खुट्टाले टेकेर हिँड्ने बनाए भनेर भन्नुभएको हुँदा हेगेल नपढी माक्र्सवाद बुझिँदैन । हेगेलको दर्शन नेपाली काङ्ग्रेसले पनि नबुझी हुँदैन । नेपाली काङ्ग्रेस आदर्शवादी (Idealism) पार्टी हो भने हेगेल त आधुनिक आदर्शवादका पिता नै हुन् । यिनको दर्शन नपढी आदर्शवादी बन्नै सकिँदैन ।
हेगेलको दर्शन के हो ?
हेगेलको दर्शन नबुझेसम्म दर्शन जटिल लाग्दछ । तर, बुझ्दै गएपछि अति सरल दर्शन लाग्दछ । Real is rational, Rational is real यही हो हेगेलको दर्शन । हेगेलको वास्तविकता म्याटर होइन, माइन्ड हो । संसारको प्रत्येक वस्तुको सिर्जना आइडिया हो । आइडिया वास्तविक हो, वस्तु होइन । सबै आदर्शवादी यस्तै मान्दछन् । यो भनेको के हो ? हेगेल आइडिया, माइन्ड, स्पिरिट, चेतना वा विवेकलाई वास्तविक मान्दछन् । संसारका सबै मटेरियल वस्तुको पछाडि आइडिया वा माइन्ड वा स्पिरिट वा विवेक छुपेको हुन्छ । आइडिया वा माइन्ड वा विवेकको अस्तित्वमा वस्तुको अस्तित्व जन्मन्छ । हेगेल (Ideal) आइडियल दार्शनिक होइनन् । हेगेल आइडिया (Ideal) दार्शनिक हुन् । हेगेलको दर्शनमाथि जस्तो पढेर बुझिँदैन । हेगेलको दर्शन बुझ्न ब्रह्माण्डको उत्पतिको कथासँग जोडेर पढ्ने हो भने सजिलै बुझिन्छ ।
ब्रह्माण्डको उत्पत्तिको कथा के हो ?
ब्रह्माण्डको उत्पत्तिको कथा साह्रै रोचक छ । आजसम्म वैज्ञानिकले मानेको वा तथ्यले प्रमाणित गर्दै पनि लगिरहेको सिद्धान्त भनेको बिग बैंकको सिद्धान्त नै हो । विज्ञानको विद्यार्थीलाई त बिग बैंकको सिद्धान्त थाहा नै छ । तर, विज्ञान नपढेका विद्यार्थीलाई बिग बैंकको सिद्धान्त बुझाउने कोसिस गर्दै छु । यो ब्रह्माण्डको उत्पत्ति आजभन्दा १३ दशमलव आठ अर्ब वर्ष पहिले भएको तथ्य आइसकेको छ । आजभन्दा १३ दशमलव आठ अर्ब वर्ष पहिले आजको यो भीमकाय ब्रह्माण्ड एउटा सानो बिन्दुमा समेटिएको थियो । आजको ब्रह्माण्डको सम्पूर्ण म्याटर र इनर्जी (Mass & Energy) गणितको बिन्दुमा समेटिएको थियो । कुनै अज्ञात कारणले उक्त बिन्दुमा महाविस्फोट हुन्छ र त्यस बिन्दुमा समाहित साराका सारा म्याटर र इनर्जी वा ऊर्जा बाहिर निस्कन्छ । आजको ब्रह्माण्डको सुरुवात त्यही महाविस्फोट हो । त्यही बिन्दुको महाविस्फोट नै समय र स्थानको सुरुवात हो । ब्रह्माण्डको उत्पत्तिको यो सिद्धान्त नै थ्यौरी अफ बिग बैंक हो ।
हेगेलको दर्शन बिग बैंकभन्दा अझ पछाडिको समयमा पुग्दछन् । हेगेलको दर्शनअनुसार बिग बैंकभन्दा अगाडि अर्थात् आजको ब्रह्माण्डको उत्पत्तिभन्दा अगाडि खाली ब्रह्माण्डको कल्पना गर्दछन् । त्यो खाली ब्रह्माण्डमा केवल माइन्ड मात्र अस्तित्वमा थियो । त्यो खाली ब्रह्माण्ड विज्ञानले प्रमाणित गरेको गणितको बिन्दुलाई मान्दछन् । हेगेल खाली ब्रह्माण्ड अर्थात् महाविस्फोट हुनुअगाडिको ब्रह्माण्डमा माइन्ड वा चेतना वा स्पिरिट अस्तित्वमा थियो । हेगेलको भाषामा स्पिरिट अस्तित्वमा थियो । स्पिरिट महाविस्फोटपछि म्याटर र इनर्जीको रूपमा ब्रह्माण्डमा अस्तित्वमा रहन्छ । यहाँनिर हेगलको दर्शन गजब मिठो छ । उनको भनाइमा ब्रह्माण्डको महाविस्फोटअगाडिको त्यो स्पिरिटले महाविस्फोटको रूप लिनुको पछाडि एउटा महत्वपूर्ण कारण वा रिजन देख्दछन् । स्पिरिट वा चेतना वा माइन्ड आफ्नो अस्तित्वको अनुभूतिको खोजीमा रहेको हुन्छ । स्पिरिट आफ्नो पहिचानको बुझाइ (Understanding) को कारणले महाविस्फोटको रूप लिन्छ । स्पिरिट वा माइन्ड वा चेतना आफैँ आफ्नो अस्तित्व वा पहिचान गर्ने स्थितिमा हुँदैन । यसका लागि स्पिरिट वा माइन्ड वा चेतनाले आफ्नो ठीकविपरीत वस्तु म्याटरमा रूपान्तरण हुन जरुरी हुन्छ । स्पिरिट वा माइन्ड वा चेतना म्याटरमा रूपान्तरण भइसकेपछि मात्र आफ्नो अस्तित्व वा पहिचान अनुभूति गर्ने स्थितिको सिर्जना हुन्छ । यही मूल कारणले गर्दा स्पिरिट वा माइन्ड वा चेतना महाविस्फोटको रूपमा ब्रह्माण्डको म्याटरमा समाहित हुन्छ ।
बिग बैंकको महाविस्फोट स्पिरिट वा माइन्ड वा चेतना म्याटरमा समाहित हुने ऐतिहासिक घटना बन्न पुग्दछ । आजभन्दा १३ दशमलव आठ अर्ब वर्ष पहिले यो घटना स्पिरिट वा माइन्ड वा चेतनाको म्याटरमा समाहित हुने ऐतिहासिक घटना हो । यो महाविस्फोटपछि ब्रह्माण्डमा समय र स्थान (Space & Time) को जन्म हुन गयो । महाविस्फोटपछिको ब्रह्माण्डको प्रत्येक कणकणमा स्पिरिट वा माइन्ड वा चेतनाको अंश विद्यमान छ । ब्रह्माण्डका प्रत्येक खगोलीय पिण्ड म्याटर हुन् । यी सबैमा स्पिरिट समाहित छ । तारामण्डलदेखि सबै खगोलीय पिण्डमा माइन्ड समाहित छ । स्पिरिट वा माइन्डले आफ्नो अस्तित्वको खोजीमा म्याटरमा समाहित रहेर समयसँगै म्याटरको यात्रामा यात्रीको रूपमा ऐतिहासिक यात्रा गरिरहेको हुन्छ । यसै दौरान आजभन्दा ४ दशमलव ५ अर्ब वर्षअगाडि आजको सौर्यमण्डल अस्तित्वमा आउँछ । यसमा पनि स्पिरिट वा माइन्ड समाहित भएर आइरहेको हुन्छ । म्याटरले जति–जति यात्रा गर्दै जान्छ त्यति–त्यति स्पिरिट वा माइन्ड वा चेतना प्रत्येक म्याटरमा सँगसँगै समाहित हँुदै अगाडि बढिरहेको हुन्छ । हाम्रो सौर्यमण्डलको उत्पत्ति सँगसँगै विभिन्न ग्रहको उत्पत्तिसँगै स्पिरिट वा माइन्ड ती ग्रहमा पनि समाहित हुँदै अगाडि बढिरहेको हुन्छ । पृथ्वीको उत्पत्तिपछि स्पिरिट वा माइन्ड पृथ्वीको म्याटरमा पनि समाहित हुन्छ । पृथ्वीको उत्पत्तिसँगै स्पिरिट वा माइन्ड वा चेतनालाई विश्वआत्मा भन्न सकिन्छ । पृथ्वी वा धर्ती वा म्याटर आफ्नो यात्रामा अगाडि बढ्दै जल, जमिन, हिमाल, पहाड Inorganic Substance मा रूपान्तरण हुँदै गर्दा ती सबैमा स्पिरिट वा माइन्ड वा चेतना ती सबैमा समाहित भइरहेको हुन्छ । धर्तीमा जीवनको सिर्जना हुँदै गर्दा ती सबै जीव र वनस्पतिमा पनि स्पिरिट वा माइन्ड समाहित हुँदै अगाडि बढिरहेको हुन्छ । जब धर्तीमा मानवजीवको उत्पत्ति हुन्छ त्यो मानवजीवनमा पनि स्पिरिट वा माइन्ड वा चेतना समाहित रहन्छ ।
धर्तीमा जीवनको उत्पत्तिसँगै चेतना वा माइन्डको समाहित हुने ऐतिहासिक घटनाको रूपमा मानिन्छ । त्यस्तै, धर्तीमा मानवजीवको उत्पत्ति स्पिरिट वा माइन्ड वा चेतनाको दृष्टिले ऐतिहासिक महत्वको समय हो । जुन समय वा स्थितिबाट माइन्डले आफ्नो अस्तित्वको अनुभूति गर्न सक्ने वातावरण प्राप्त गर्दछ । धर्तीमा मानवजीवनको सिर्जनासँगै स्पिरिट वा माइन्ड वा चेतनाले आफ्नो अनुभूति गर्ने वातावरण बन्दछ । बिग बैंक अर्थात् महाविस्फोटदेखि पृथ्वीको धर्तीमा मानवजीवनको उत्पत्तिको अर्बौँ वर्षको यात्रा स्पिरिट वा माइन्ड र म्याटरको संयुक्त यात्रा हो ।
मानवजीवनको धर्तीमा पदार्पणले स्पिरिट वा माइन्डले आफ्नो अस्तित्वको अनुभूति गर्न थाल्दछ । स्पिरिट वा माइन्डले आफ्नो अनुभूतिको अनुभव मानवजीवनको विकास सँगसँगै गर्न थाल्दछ । जतिजति मानवजीवन अगाडि बढ्दै जान्छ । त्यति–त्यति नै माइन्ड वा चेतनाले आफ्नो असली अनुभूति गर्दै जान्छ । माइन्ड वा चेतनाले अनुभूति गर्ने अनुभव भनेको स्वतन्त्रताको अनुभूति हो । मानवजीवको उत्पत्तिको अवस्थामा माइन्ड वा चेतनाले स्वतन्त्रताको एकखाले अनुभूति गर्दै थियो । समयक्रममा जबजब मानव अगाडि बढ्दै गयो त्यही क्रममा माइन्डले वा चेतनाले स्वतन्त्रताको भिन्न अनुभूति गर्न थाल्यो । मानव उत्पत्तिको ढुङ्गेयुगमा माइन्ड सुषुप्त अवस्थामा थियो । माइन्ड वा चेतना शून्य स्थितिमा थियो । धर्तीका अन्य निर्जीव वस्तुमा समाहित माइन्ड वा चेतनाकै स्थितिमा माइन्डको अवस्था थियो । जब मानवजीव ऐतिहासिक यात्रामा अगाडि बढ्दै जाँदा ढुङ्गेयुगबाट अलि अगाडि आदिमयुगमा आइपुग्दा माइन्ड वा चेतनाले स्वतन्त्रताको सानो अंशको अनुभूति गर्न सफल भयो । त्यसरी मानवजीवन अगाडि बढ्दै पशुपालन युगमा आइपुग्दा माइन्डले अलि अगाडि बढेर स्वतन्त्रताको अलि माथिल्लो स्तरको अनुभूति गर्न थाल्यो । पशुपालन युगबाट अझ अगाडि बढ्दै खेतीपातीको युगमा आइपुग्दा मानवजीवले चेतनाको अर्को अनुभूति गर्दै थाल्यो । मानव इतिहास अगाडि बढ्दै जाँदा चेतना वा माइन्ड हिजोको भन्दा माथिल्लो स्तरको स्वतन्त्रताको अनुभूति गर्दै रहन्छ । पशुपालनबाट दासयुग र सामन्ती युगवाट पुँजीवादी युगमा आइपुग्दा मानवजीवनले स्वतन्त्रताको बेग्लै अनुभूति गरिरहेको हुन्छ । यसरी मानव इतिहास अगाडि बढ्ने क्रमसँगै मानवजीवनमा समाहित माइन्ड वा चेतनाले माथिल्लो स्तरको स्वतन्त्रताको अर्थ बुझिरहेको हुन्छ ।
माइन्ड वा चेतनाको वस्तु भनेको स्वतन्त्रताको अनुभूति हो । माइन्ड वा चेतनाले स्वतन्त्रताको वास्तविक अर्थ ऐतिहासिक मानव विकासक्रममा बुझ्दै वा प्रस्फुटित हँुदै अगाडि बढिरहेको हुन्छ । माइन्ड वा चेतनाको स्वतन्त्रताको वास्तविक अर्थ बुझाइ नै वास्तविक विश्व इतिहास हो । मानव इतिहास भनेको माइन्ड वा चेतनाले स्वतन्त्रताको वास्तविक अर्थ बुझ्ने इतिहास नै हो । मानव इतिहासमा माइन्डले तीन तहको स्वतन्त्रताको अर्थ बुझ्ने क्रममा हुन्छ ।
- One is free (आफू मात्र स्वतन्त्र)
- Few are free (केही मानिस मात्र स्वतन्त्र)
- All are free (सबै मानिस स्वतन्त्र)
ऐतिहासिक रूपले माइन्डले वा चेतनाले स्वतन्त्रताको वास्तविक अर्थ ऐतिहासिक क्रममा बिस्तारै–बिस्तारै बुझ्दै तल्लोस्तरबाट स्वतन्त्रताको माथिल्लोस्तरको अर्थको बुझाइको यात्रामा हुन्छ । ऐतिहासिक रूपमा माइन्ड वा चेतनाले स्वतन्त्रताको अर्थ बुझ्दै जाँदा त्यसकै आधारमा आफ्नो समाज, राज्य र संविधानको निर्माण गर्दै अगाडि बढ्दै जान्छ । मानिसको माइन्डले स्वतन्त्रताको परिभाषाको आधारमा आफ्नो समाज आफैँ निर्माण गर्दछ । One is free अर्थात् म मात्र स्वतन्त्र हुँ भन्ने माइन्ड वा चेतनाको स्थितिमा अरूलाई स्वतन्त्र देख्दैन । One is free को स्थितिमा निरङ्कुशतन्त्रको समाज जन्मन्छ । Few are free को माइन्ड वा चेतनाको अनुभूतिमा सीमित लोकतान्त्रिक समाज जन्मिन्छ । All are free को चेतनाको अनुभूतिमा सबैले स्वतन्त्रताको अनुभव गर्ने समाजले जन्म लिन्छ ।
हेगेलको यो दर्शनमा माइन्ड वा चेतना स्वतन्त्रताको ऐतिहासिक यात्रामा हुन्छ । यो यात्राको दौरानमा चेतनाले स्वतन्त्रताको वास्तविक अर्थ बुझ्दै अगाडि बढिरहेको हुन्छ । ऐतिहासिक यात्राको तीनवटा ऐतिहासिक प्लेटफर्ममा मानव समाजको स्वतन्त्रताको अनुभूति हुने समाज, संस्कृति, कला र दर्शनको जन्म हँुदै जान्छ । स्वतन्त्रताको वास्तविक अर्थ बुझ्दै जाने ऐतिहासिक क्रम नै समाज विकासको ऐतिहासिक क्रम हो ।
स्वतन्त्रताको सीमित बुझाइबाट स्वतन्त्रताको फराकिलो बुझाइमा समाज अगाडि बढ्दै विकास गरिरहेको हुन्छ । ऐतिहासिक रूपले स्वतन्त्रताको वास्तविक अर्थ बुझाइमा हतियारको प्रयोगले कुनै तात्विक फरक ल्याउँदैन । नेपालको आजको समाजले स्वतन्त्रताको जुन अर्थ बुझिरहेको छ, यो अर्थ बुझाइमा हिंसात्मक विद्रोहको कुनै योगदान देखिँदैन । आजभन्दा तीस वर्षअघि नेपाली समाजले स्वतन्त्रताको जस्तो अर्थ बुझिरहेको थियो आज पनि त्यो बुझाइमा तात्विक फरक देखिँदैन ।
स्वतन्त्रताको माथिल्लो बुझाइ राज्यको संरचनामा अभिव्यक्ति हुन्छ । आज पनि नेपालको राज्य स्वतन्त्रताको एकल बुझाइ (One is free) कै बुझाइमा छ । हेगेल माइन्ड वा आइडिया वा चेतनालाई स्वतन्त्रताको अनुभूतिको अभिव्यक्ति मान्दछन् । प्रत्येक सांसारिक वस्तु आइडियाको अभिव्यक्ति हो । पहिले आइडिया जन्मन्छ र त्यसको जगमा वस्तु वा अर्गनाइजेसन जन्मन्छ । प्रत्येक सामाजिक संरचना आइडियाकै उपज हो । टेबल, घर, सदन, राज्य, संविधान, कानुन सबै संरचनाको पछाडि बलियो माइन्ड वा आइडिया छुपेको हुन्छ । यही आइडिया चेतनाको रूपमा बाहिर अभिव्यक्त हुन्छ ।