स्वास्थ्य सामग्री वितरण

  • त्रिशूली प्रवाह
  • १४ श्रावण २०७८, बिहीबार १२:०९

धुन्चे, कारोना महामारीको समयमा आमाछोदिङ्मो गाउँपालिकामा रहेको पाँचवटै वडाका घरघरमा साउन ५ गते स्वास्थ्य सुरक्षा सामग्री वितरण भएको छ ।

      आमाछोदिङ्मो गाउँपालिका-१ मा बस्ने युवा समाजसेवी सानुबहादुर तामाङको पहलमा च्ष्नजत द्द क्तगमथ ल्भउब िको सहयोगमा आमाछोदिङ्मो गाउँपालिकाको पाँचवटै वडाका प्रत्येक घरधुरीलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । स्वास्थ्य सामग्री दुई हजार दुई सय ६० घरधुरीलाई ५० वटा सर्जिकल मास्क, हातधुने साबुन दुईवटा र ज्वरो नाप्ने थर्मोमिटर एक थान वितरण गरिएको थियो । त्यहाँ रहेको हाकु मावि ठूलोहाकु, हाकुबेंसी आधारभूत विद्यालय, गोसाँइकुण्ड आधारभूत सानोहाकु र पार्वतीकुण्ड आधारभूत नेसिङलाई स्टेसनरी साथै स्वास्थ्य सामग्री र हाकु स्वास्थ्यचौकी र पाङलिङ सामुदायिक स्वास्थ्य इकाइलाई पनि विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको स्थानीय युवा समाजसेवी सानुबहादुर तामाङले बताए ।