+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्यकर्मी सङ्घको अधिवेशन सम्पन्न

स्वास्थ्यकर्मी सङ्घको अधिवेशन सम्पन्न
त्रिशूली प्रवाह
४ साल अगाडी

Utsuk Books & Stationery
Satkar Machinery Center

धुन्चे: राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ रसुवाको शुक्रबार भएको दोस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मतले विमल घिमिरे अध्यक्षमा चयन भएका छन् ।
विमल घिमिरेसहित २३ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा बलराम न्यौपाने, सचिवमा उपेन्द्र बुलुन, सहसचिवमा कृष्ण भण्डारी, कोषाध्यक्षमा साइका सापकोटा रहेका छन् । सदस्यमा खुम्बु बोहोरा, जानुका न्यौपाने, निरुता गुरुङ, राजेश विष्ट, विजय घले, शेरबहादुर घले, इस्मिता नेपाली, रामशरण आचार्य, दामोदर गजुरेल, सतेन्द्र यादव, निकला लिम्बू, लक्ष्मी देवकोटा, विमल तामाङ, दीपा ठाकुर, उमेश पौडेल रहेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष रामहरि ढकाल निर्वाचन समिति संयोजक रहेका थिए । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपालको स्थापना ०६२ सालमा भएको थियो । सोही क्रममा ०७४ जेठ ६ गते रसुवामा तदर्थ समिति गठन गरिएको थियो । ०७४ मङ्सिर २२ गते धनकुमार राईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह