तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०८:११
Buddha Eyes


सत्तागठबन्धन आबद्ध पाँच दलबीचको लगनगाँठो कहिलेसम्म भन्ने चर्चा चलिरहेको बेला नुवाकोटमा फुस्किन लागेको छ । पद, प्रतिष्ठा, शक्ति, धनका लागि सुत्केरीले खाने औषधिसम्म जिल्लाबाट जितेका पुरुष सांसदले विगतमा खाए । यो देशमा राम्रो गर्नेको त खोइरो खन्ने नानीदेखिको बानी किन पो जान्थ्यो र ? गठबन्धन टुट्न दिन्नौँ भनेर कसम खाने काङ्ग्रेसले त्रिशूली अस्पतालको अध्यक्ष हटाउन पेपर बम छोडेको छ । प्रदेशको स्वास्थ्य राज्यमन्त्री शपथ खाएको हप्ता दिन नबित्दै १२ जिल्लाको अस्पताललाई बेवास्ता गर्दै स्वास्थ्यमन्त्री नेपालीले पराजित महामन्त्री महतको इसारामा अस्पतालमा पेपर बम पठाइन् । यो खबरले केन्द्रीय सदस्य लामाको जन्मथलो किस्पाङ क्षेत्रमा अहिले खैलाबैला ! प्रचण्डपथका कोटामा अध्यक्ष बनेका न्यौपाने सर यसै हप्ता बर्खास्तीमा परे भनी अध्यक्ष खतिवडा सर अचम्म नमान्नुहोला । राष्ट्रिय सभामा चाहिँ भागबन्डा हुने, अस्पताल र अब बन्ने भूमि आयोगमा भागबन्डा किन नहुने ? कमरेड हो !