तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २० माघ २०७८, बिहीबार १६:२७
Buddha Eyes

सहयोग लिने र दिनेको पनि हद् हुन्छ नि ! स्वार्थप्रेरित सहयोगको के अर्थ ? एक मात्र सरकारी÷गैरसरकारी र दाताको निगाहको साधन–स्रोत सोहर्ने अस्पताललाई गत महिना एउटा पत्रकारले गरेको सहयोग महङ्गो परेछ । अस्पतालका करारका कर्मचारीले तलब खान नसकेको आधा दर्जन महिना हुँदा पनि मे.सो. र अध्यक्षले मिडियाबाजी गरेर विज्ञ सेवा सुरु भएको झ्याली पिटाएको भोलिपल्टबाटै नियमित नहुने विज्ञको दरबन्दी त्रिशूलीमा, काज काठमाडौंमा ! कोइकाको सहयोगले भवन र पूर्वाधार भए पनि डाडु÷पन्यु समाउनेको दुर्दशा उस्तै । स्थानीय पत्रिकामा पुग–नपुग दर्जन, लाखको सामग्री खरिद गर्ने विज्ञापनको बिल भुक्तानी लाखभन्दा बढी गर्नुपरेपछि लेखा अधिकृतलाई हिक्कहिक्क ! मे.सो. र अध्यक्षले पत्रकार खुसी पार्न जे पनि गर्न थालेपछि लेखासर अख्तियारले डाम्छ कि भनेर कोभिडको बहाना बनाउँदै घरबिदा बस्नुपर्ने बाध्यता ! अस्पतालको बेथितिमा प्रशासन मौन ! सदरमुकामको नगरपालिकाले पनि चालू वर्षमा एउटा राष्ट्रिय दैनिकमा पत्रकार खुसी पार्न डेढ लाखको विज्ञापनको बिल भुक्तानी व्यक्तिको नाममा गर्दिएपछि मालेखाले बेरुजु लेख्दिएपछि लेखा अधिकृत दाह्री कन्याउँदै !