तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २६ फाल्गुन २०७८, बिहीबार १२:३५
Buddha Eyes


देशलाई ‘अर्ली इलेक्सन’को भूतले छोडेको छैन । स्थानीय तह निर्वाचन हुने–नहुने दलको गतिविधिमा निर्भर रहे पनि राजनीतिक जोड–घटाउ यथावत् ! कोरोना र राजनीतिक अस्थिरताले आर्थिक क्षेत्र ध्वस्त भए पनि नुवाकोटमा रहेको धनीहरूको गरिब संस्थाले निर्वाचनको ढोल पिटाएपछि काङ्ग्रेसका नेतादेखि व्यापारीसम्मलाई खैलाबैला ! स्थानीय तह चुनाउले तात्न नसकेको जिल्ला व्यापारीको चुनाउले हलचल ल्याएको छ । व्यापारीको छाता हो कि हुक्का सङ्गठनलाई पाँचजना पदाधिकारीले चाहँदैमा सहमतिको हल्ला गरेपछि सङ्घको दुई दर्जन कार्यसमितिका सदस्य नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा रुवाबासी ! व्यापारीले स्थानीय तहको निर्वाचनभन्दा अगाडि एक्कासि अधिवेशन किन गर्न रातारात लाग्यो भनेर जिल्लाभरिका व्यापारी अध्यक्ष कार्कीलाई जुलुससहित ज्ञापनपत्र बुझाउने तयारीमा ! काङ्ग्रेसकै एउटा व्यापारी समूह अध्यक्षसहित टिम घोषणाको तयारीमा जुट्दा माले, मण्डल, एमाले, माओवादी, समाजवादीको पनि सल्बलाहट देखिँदै !