खोदोल देविथान मासियो

  • त्रिशूली प्रवाह
  • १७ चैत्र २०७८, बिहीबार १५:३०
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–६ धुन्चेको भोटेकोसी, त्रिशूली खोलाको दोभानमा रहेको महत्वपूर्ण धार्मिक शक्तिपिठ खोदोल देविथान हाईड्रोपावर निर्माण गर्ने क्रममा मासिएको छ ।

खोदोल देविथान एउटा ढुंगामा रहेको थियो । त्यस ढुंगा नै खोदोल देविथान रहेको नागदेवता त्यस ठाउँमा बसी धुन्चे गाउँलाई रक्षा गरेको भन्ने किम्बदन्ती रहेको छ । देविथान ढुङ्गाको बिचबिचमा प्वाल रहेको छ । त्यस प्वालभित्र शुद्ध गाईको दुध, लोकल कुखुराको अण्डा चढाउनुपर्ने हुन्छ । ढुङ्गाको माथि साईड–साईडमा देविलाई मनपर्ने विरुवा समेत रहेको थियो । २ सय १६ मेगावाटको हाईड्रोपावर निर्माणको क्रममा देविथान रहेको ढुंगालाई फुटाईएको थियो । देवीको प्रतिकको रूपमा रहेको यस ठाउँमा नागदेवता घुमिरहने कारण पनि भगवानको सतले गर्दा भिरालो जमिन भएपनि बलियो चट्टान पहिरो नजाने नराम्रो भयावह नभई एकदम चोखो ठाउँको रूपमा परिचित छ । धुन्चेको पुच्छर खोदोल देविथान, दायाँपट्टि घले दरवार, बायाँपट्टि शंख अढेको ठाउँ ब्रावल, सिरमा प्रकृति रूपको ठाउँ भएकाले धुन्चेलाई देवीदेवताले घेरेर राखेको पवित्र भूमि मानिन्छ ।

हाईड्रोपावरको संरचना निर्माण गर्दा धार्मिक महिमा रहेको उक्त ठाउँलाई जोगाउनुपर्ने तर जरैदेखि हाईड्रोपावरले ढुंगा फुटाएर नाश गरिदियो । तत्कालै त केही नहोला भविष्यमा के होला भन्ने चिन्ता लागेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । धुन्चेका झाँक्री कामछिरिङ तितुङ जसले १८ वर्षदेखि यस ठाउँमा पुजा गर्दै आउनुभएको थियो । उहाँले आफ्नो घर अथवा गाउँलेको घरमा पुजा गर्दा खोदोल देवीको नामलाई सम्झिएर पुजा गर्ने गर्नुहुन्थ्यों । झाँक्री कामछिरिङ तितुङले अब खोदोल देवीको नाम समेत लिन अप्ठ्यारो पर्न गएको र भविष्यमा के होला भन्ने चिन्ता लागेको बताउनु भयो ।