तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १७ चैत्र २०७८, बिहीबार १६:२९
Buddha Eyes

काङ्ग्रेस अहिले आफ्नो दलको कार्जेकर्ताको थन्को लगाउनेभन्दा पनि गठबन्धन दलको अस्तित्वको चिन्ताले घर झगडा बल्झिँदै छ । घर झगडालाई ‘घरघर जाऔँ काङ्ग्रेस जिताऔँ’ अभियानले मलजल गरेको हो कि सभापतिज्यू ? घरघर जाऔँ खुराफातीलाई जगाऔँ भन्ने काम भएपछि अभियान रोक्न केसी पक्षको दबाब जिल्लामा ! गुट बनाउने प्रतिस्पर्धा हुन थालेपछि गठबन्धन गरेर सबै वडा बामेलाई दिएर भए पनि केही नेता मेयरमा आफ्नो नाम खुस्क चढाउन दौडधुप देख्दा विदुर र बेलकोट नगर फेरि एमालेको पोल्टामा ! काङ्ग्रेसीजन रूख चिह्नभन्दा पनि हँसिया-हतौडा र कलम चिह्न खोज्दै प्रचारमा जुटेपछि जय नेपाल ! रूखमा भोट हाल्न लगाउने कि हँसिया-हतौडा र कलममा भन्ने बहस काङ्ग्रेसमा उग्र हुँदा केसी पक्षलाई हाइसन्चो ! अरू दलको चुनाव चिह्नमा मत देऊ भन्ने अभियान नुवाकोटमा चल्यो भने आश्चार्य नमाने हुन्छ जिल्लावासी !