स्वास्थ्य बिमा हस्तान्तरण

  • त्रिशूली प्रवाह
  • २३ असार २०७९, बिहीबार १२:१६

धुन्चे, गोसाइँकुण्ड गाँउपालिका वडा नम्बर-५ मा रहेको नमुना विद्यालय कोमिन श्यामेवाङफेल मा.वि.का कर्मचारीलाई मेगा बैंक नेपाल लिमिटेड स्याफ्रुवेंशी शाखाले असार १३ गते स्वास्थ्य बिमा हस्तान्तरण गरेका छन् ।

मेगा बैंकले आफ्नो बैंकमा कर्मचारी तलबी खाता सञ्चालन गरेवापत कर्मचारीलाई स्वास्थ्य बिमा सुविधा उपलब्ध गराउँदै आएको छ । सोहीअनुरूप बिमा रकम दावी गर्ने श्यामेवाङफेल मा.वि.का तीन शिक्षकलाई एकैपटक बिमा हस्तान्तरण गरिएको मेगा बैंकका शाखा प्रबन्धक क्षोक्याल दोर्जे लामाले बताउनु भयो । बिमा रकम बुझ्नेमा अम्बिका कार्की, किशोरकुमार पुर्काेटी र नवराज पौडेल रहेका छन् । ति तीन जनामध्ये बढी रकम बु्झ्नेमा अम्बिका कार्की रहेकी छिन् । उनले १३ हजार ५ सय ३१ बुझिन् । मेगा बैंकबाट धेरैले स्वास्थ्य बिमा सुविधा पाईसकेका छन् । यसरी बिना कुनै खर्च आफुलाई साधारण स्वास्थ्य चेकजाँच तथा स्वस्थ्य उपचार गरेवापत पनि बिमा रकम पाएकोमा दंग छन् खातावाला ।

बैंकका शाखा प्रबन्धक लामाले जुनसुकै कार्यालयको भएपनि कर्मचारी तलबी खाता रहेका सबैले यो सुविधा पाउने बताउनु भयो । साथै, यो बिमा सुविधाको लागि कर्मचारीले कुनै किसिमको शुल्क तिर्नुनपर्ने उहाँले बताउनु भयो । कर्मचारी तलबी खातामा स्वास्थ बिमा मात्रै नभई दुर्घटना मृत्युु बिमा तथा पुर्ण अशक्त बिमा पनि ७ लाख रूपैयाँ रहेको र कर्मचारीको एटिएमबाट कुनै पनि बैंकको एटीएम मेशिनबाट पैसा झिक्दा कुनै शुल्क नलाग्ने, अनलाईन बैंकिङ मोबाईल बैंकिङ सुविधा, सि आस्वा सविधा निःशुल्कलगायत धेरै आकर्षक सुविधा रहेको पनि बताउनु भयो ।