धादिङ कारागारका १४ जनाको सजाय माफी

  • त्रिशूली प्रवाह
  • १३ आश्विन २०७९, बिहीबार ११:५८

धादिङबेँसी, संविधान दिवसको अवसरमा असोज ३ गते धादिङ जिल्ला कारागारमा रहेकामध्ये १४ जना कैदीबन्दीले सजाय माफी पाएका छन् ।

विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका १४ जनाको सरकारले कैद मिनाहा गरिदिएको हो । संविधानको धारा २ सय ७६ र मुलुकी फौजदारी कार्यविधिबमोजिम उनीहरूको बाँकी कैद र सजाय मिनाहा गरेको जिल्ला कारागार धादिङका प्रमुख नइन्द्र पौडेलले जानकारी दिए । कैद मिनाहा पाउनेमध्ये तीनजना महिला छन् । उनीहरू बहुविवाहमा सजाय भुक्तान गरिरहेका हुन् । सजाय माफी पाउनेमा बहुविवाहका सबैभन्दा धेरै सातजना रहेका छन् । कर्तव्य ज्यान मुद्दाका पाँचजना, सवारी ज्यान मुद्दाका तीनजना र वैदेशिक रोजगार कसुरका एकजना छन् । हरेक वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट सजाय माफ गर्ने चलन रहेको छ ।