‘अग्नि’ का लेखक लम्साललाई धादिङमा सम्मान

  • त्रिशूली प्रवाह
  • १३ आश्विन २०७९, बिहीबार १२:०५

धादिङबेँसी, साहित्यकार तथा यस वर्षको मदन पुरस्कार विजेता कृति ‘अग्नि’का लेखक नवराज लम्साललाई गृहजिल्ला धादिङमा भव्य सम्मान गरिएको छ । नेपाल प्रेस युनियन धादिङ, भानु प्रतिष्ठान र पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घ धादिङको आयोजनामा गत हप्ता लम्साललाई धादिङबेँसीमा सम्मान गरिएको हो । धादिङबेँसी टोल सुधार समितिका पदाधिकारी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीले लम्साललाई स्वागत गरेका थिए ।

धादिङको माटोमा जन्मिएर नेपाली साहित्यको विषयमा महत्वपूर्ण योदान पु¥याएकाले सम्पूर्ण जिल्लावासीका तर्फबाट लम्सालाई सम्मान गरिएको नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए । ‘जिल्लाका लागि मात्र होइन, लम्सालको साहित्यलेखनले देशकै लागि महत्वपूर्ण योगदान पुगेको छ,’ अधिकारीले भने । भानु प्रतिष्ठान धादिङका अध्यक्ष डाक्टर नवीनबन्धु पहाडीले नेपाली साहित्य जगत्मा लम्सालले पु¥याएको योगदान तथा लम्सालको लेखनशैली र अग्नि महाकाव्यको विषयवस्तु फरक रहेको जिकिर गरे । कार्यक्रममा लम्सालले विपन्न, मजदुर, दलित र पछाडि पारिएको विषयमा वकालत गरेर नेपाली साहित्यमा थोरै कृति मात्र जन्मिएको बताए । मदन पुरस्कार विजेता कृति अग्निले त्यस्ता पछि पारिएको र विभेदमा पारिएको समुदायलाई सम्बोधन गरिएको बताउँदै उनले पछि पारिएका समुदाय र विभेदमा बाँचेका समुदायको विषयमा अझै धेरे लेख्ने प्रेरणा मिलेको बताए । लम्सालद्वारा लिखित महाकाव्य अग्निले २०७८ सालको मदन पुरस्कार प्राप्त गरेको छ । नेपाली साहित्य जगत्मा मदन पुरस्कारलाई उच्च सम्मानको रूपमा लिइन्छ ।

.