‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने प्रथा नेपालमा कहिलेदेखि बस्यो, रेकर्ड नभए पनि निर्वाचनका लागि जारी आचारसंहिता उल्लङ्घन गर्नेलाई नत्थी लाउने काम कागजमै सीमित ! सिंहदरबारको अधिकार प्रयोग गरेर बसेका जनप्रतिनिधिलाई निर्वाचन आचारसंहितामा के गर्न हुन्छ, के गर्न हुँदैन हेक्का नहुनु संविधानमै त्रुटि हो कि हाम्रो विडम्बना ! जिल्लामा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण गराउने प्रयासमा जनप्रतिनिधिको दबाब र प्रभावमा निर्वाचन आयोग चेपिँदै ! जनप्रतिनिधि महोदयहरू उम्मेदवारभन्दा पनि तीन कदम अगाडि बढेर मतदाताको अपेक्षा सङ्कलन गर्दै केहीले त ठाउँको ठाउँमै पूरा गर्दा निर्वाचन जिल्ला आचारसंहिता अनुगमन समिति लाचार ! अझ शिक्षकको त कुरै नगरौँ, पढाउन छोडेर अभिभावकलाई भोट नदिए छोराछोरीको भविष्य अन्धकार गराउने भविष्यवाणी ! आचारसंहिता पालना सम्झिने पानी छम्कने !
तेस्रो आँखा
२ साल अगाडी

प्रतिक्रिया