सहकारीलाई नर्वाचनअघि साधारणसभा नगर्न निर्देशन

  • त्रिशूली प्रवाह
  • २४ कार्तिक २०७९, बिहीबार १३:०५

हेटौँडा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेश सरकारले आसन्न निर्वाचन मङ्सिर ४ गतेसम्म सहकारी सङ्घ-संस्थालाई साधारणसभा नगर्न सूचना जारी गरेको छ ।

सोमबार रजिस्ट्रार नारायणप्रसाद ज्ञवालीद्वारा जारी सूचनामा सहकारीको साधारणसभामा निर्वाचन आचारसंहिता उल्लङ्घन हुन सक्ने भन्दै साधारणसभा नगराउन निर्देशन जारी गरिएको हो । कतिपय सहकारीले निर्वाचनका उम्मेदवारलाई साधारणसभामा आमन्त्रण गरिएको गुनासो प्रदेश रजिस्ट्रारमा आएकाले यस्तो सूचना जारी गरिएको जनाएको छ ।