काठमाडौँ । नुवाकोट २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.अच्युत्तम लामिछानेले बाँदरको बन्ध्याकरणका निम्ति बजेट विनियोजन गर्न माग गर्नुभएको छ । नुवाकोट २ बाट निर्वाचित सांसद लामिछानेले प्रतिनिधिसभा बैठकमा बाँदर नियन्त्रण नगरिए कृषिमा लगानी नगर्दा पनि हुने धारणा राख्नुभएको थियो ।
सरकारले बाँदर नियन्त्रणका निम्ति बन्ध्याकरण कार्यविधि तयार गरिसकेको उहाँले उल्लेख गर्दै बजेट छुट्याउन माग गर्नुभएको हो । मानव र जङ्गली जनावरबिच द्वन्द्व निम्तिएको भन्दै त्यसलाई रोक्न पनि बजेट छुट्याउनपर्नेमा उहाँले जोड दिनुभयो । ‘नेपालमा पाँच लाख बाँदर रहेको अनुमान छ । यो सङ्ख्यालाई लाग्ने बन्ध्याकरण खर्च प्रतिबाँदर रू.१५ सय रहेछ । बजेट विनियोजनको जोडदार माग गर्दछु,’ उहाँले भन्नुभयो । बैठकमा लामिछानेले नुवाकोटलगायतका जिल्लामा बाँदरले खेतीबाली ध्वस्त पारेको भन्दै नियन्त्रण अत्यावश्यक देखिएको बताउनुभयो ।







प्रतिक्रिया