राष्ट्रिय कर दिवसमा ॐ शिवशक्तिका राजेन्द्र सम्मानित

  • त्रिशूली प्रवाह
  • ८ मंसिर २०७९, बिहीबार १२:२१

ल्छी (धादिङ), राष्ट्रिय कर दिवस-२०७९ को अवसरमा आन्तरिक राजश्व कार्यालय कलंकी अन्र्तगतको करदाता सेवा कार्यालय गल्छी-धादिङले कार्यक्षेत्रभित्रका सबैभन्दा बढी आयकर दाखिला गर्ने ब्यवसायी र बित्तीय संघ-संस्थालाई बुधबार सम्मान गरेको छ ।

नुवाकोट-धादिङ कार्यक्षेत्र रहेको करदाता सेवा कार्यालय गल्छीले आ.व.२०७८/०७९ मा सबैभन्दा बढी आयकर तिनै नुवाकोट विदुरको ॐ शिवशक्ति सप्लायर्स र नुवाकोट जिल्ला ककनी गाउँपालिकाको ३५ किलो जुरेथुममा केन्द्रिय कार्यालय रहेको आशा लघुबित्त संस्था सम्मानित भएको छ । करदाता सेवा कार्यालय गल्छीको कार्यक्षेत्र रहेको धादिङ र नुवाकोटको उद्योग ब्यापार सेवा क्षेत्रबाट सबैभन्दा बढी कर आयकर दाखिला गर्ने ॐ शिवशक्ति सप्लायर्सको प्रोपाईटर राजेन्द्र श्रेष्ठलाई निमित्त प्रमुख कर अधिकृत प्रेम श्रेष्ठले सम्मानपत्र प्रदान गर्नुभएको थियो । हार्डवेयर ब्यवसायी श्रेष्ठ नुवाकोट उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष समेत रहेका छन् । कर दिवसको अवसरमा उक्त कार्यालयले कार्यक्षेत्रभित्रका बिक्तीय संघ-संस्थामध्ये सबैभन्दा बढी कर आयकर दाखिला गर्ने आशा लघुबित्तका प्रतिनिधी र कार्य सम्पादनमा यस वर्ष उत्कृष्ट रहेका त्यसै कार्यालयका नासु पारस खतिवडा समेत सम्मानित भएका छन् ।