Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

त्रिकास सहकारीको साधारणसभा सम्पन्न

त्रिशूली प्रवाह
३ साल अगाडी

बालाजु, काठमाडौं महानगरपालिकाको वडा नम्बर १५, १६, १९, २६ र २ कार्यक्षेत्र रहेको त्रिकास बचत तथा ऋण सहकारी संस्था लि. नयाँबजार सोह्रखुट्टे खुसिबुको १५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । काठमाडौंको म्हेपी मन्दिरमा पिकनिकसहितको साधारणसभाको उद्घाटन विदुर नगरपालिका-१ का अध्यक्ष लेनिन रञ्जितले गरे ।

०५४ माघ १० गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई ०६४ चैत १ गतेदेखि नयाँबजार खुसिबुमा कार्यालय सञ्चालन गरिरहेको त्रिकास बचत तथा ऋण सहकारीमा हाल तीन सय तीनजना सेयर सदस्य रहेको उपाध्यक्ष सुरेशबहादुर श्रेष्ठले जानकारी दिए । सहकारीले गत आ.व. ०७७÷७८ मा ११ करोड सात लाख दुई हजार नौ सय ७५ रुपैयाँ कुल कारोबार भएकोमा गत आ.व. ०७८/७९ मा कारोबार वृद्धि भई १२ करोड ५४ लाख २१ हजार दुई सय ८४ रुपैयाँ भएको जानकारी साधारणसभामा अध्यक्ष अनिलकुमार श्रेष्ठले दिए । उनले दिएको जानकारीअनुसार सहकारीमा एक सयदेखि २० हजारसम्म ऋण लिने सेयर सदस्यको सङ्ख्या एक सय १३ रहेको छ । सहकारीले आ.व. ०७७/७८ मा भन्दा सेयरपुँजी आ.व. ०७८/७९ मा ३९ हजार वृद्धि गरेको छ । सहकारीको विशेष बचत, साधारण बचत, क्रमिक बचत, मुद्दति बचत एकवर्षे, मुद्दति दुईवर्षे र त्रिकास बचत खाता सञ्चालनमा रहेको छ भने व्यापारिक मुद्दति, हापरपर्जेज, घर कर्जा र सेयर सर्टिफिकेट धितोमा कर्जा लगानी गरिरहेको छ ।

सहकारीले एक सय ११ जनालाई आठ करोड ५३ लाख तीन हजार पाँच सय ५८ कर्जा लगानी गरेको कोषाध्यक्ष राजेन्द्रकुमार प्रधानले जानकारी दिए । नुवाकोट जिल्लाको त्रिशूलीबजारका अधिकांश सेयर सदस्य रहेको सहकारीको सहायक प्रबन्धकमा विमलचन्द्र प्रधान र ऋण सहायकमा प्रेमबहादुर मानान्धरसहित चारजना कर्मचारीबाट कार्यालय सञ्चालन भइरहेको सचिव देशभक्त प्रधानले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह