गोरखा-धादिङ-नुवाकोट-काठमाडौं एकीकरण पदयात्रा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २८ पुष २०७९, बिहीबार १३:३४

विदुर, नेपाल एकीकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई नेपाली सेनाले विगत चार वर्षदेखि एकीकरण पदमार्गको रूपमा विकास गर्दै आएको छ । यस वर्ष पनि नेपाली सेनाले ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धनसँगै इतिहासको जगेर्ना गर्ने उद्देश्यले गोरखा-धादिङ-नुवाकोट हुँदै काठमाडौंसम्मको पदयात्रा पुस २१ गते बिहीबार बिहान गोरखा दरबारदेखि सुरु भएर २६ गते मंगलबार काठमाडौंमा पुगेको थियो ।

नेपाली सेनाको रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा एकीकरण पदयात्रा सुरु गरिएको थियो । यात्रामा सबुज गण, बर्दबहादुर गण, पुरानो गोरख गण, कालीबक्स गण, श्रीनाथ गण सहभागी छन् । गोरखादेखि सुरु भएको पदयात्रा पुस २७ गते पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवसका दिन काठमाडौंको हनुमानढोका दरबारमा पुगेर टुङ्गिने रिपुमर्दन गणका गणपति हेम विष्टले जानकारी दिए । राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर फूलको माला लगाएर नेपाली सेनाको एक टोली गोरखा दरबार हनुमान भञ्ज्याङबाट पदयात्रामा निस्किएको थियो । गोरखा दरबार-जोर चौतारी-ताप्ले-अस्राङ-बोर्लाङ-बोर्लाङघाट (घाटबेँसी) सम्म गोरखाबाट हिँडेको टोलीले पृथ्वीनारायण शाहकालीन सेना (गुरुज्यूको पल्टन)को पोसाकमा र राष्ट्रिय झण्डा र सेनाको आफ्नै झण्डासहित टर्च लाइट बोकेर बाजागाजासहित टोली धादिङ हुँदै शनिबार नुवाकोटको सामरी आइपुगेको थियो ।

नेपाल एकीकरणको क्रममा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गोरखाबाट सुरु भएको एकीकरण टर्च ¥यालीलाई आइतबार नुवाकोटको साततले दरबारपरिसरमा विदुर नगरपालिकाको तर्फबाट नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटीसहित वडाध्यक्षलगायतका जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए । उक्त कार्यक्रममा नेपाली सेनाको ६ नम्बर बाहिनीपति सहायक रथी रामचन्द्र अधिकारी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालसहित जिल्लास्थित सुरक्षा निकायका अधिकारी, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की, वडा नम्बर २ का अध्यक्ष दीपक कायस्थलगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । पृथ्वीजयन्तीलाई लक्षित गर्दै गोरखा दरबारको हनुमान भञ्ज्याङबाट नेपाली सेनाका ३० जनासहितको टोलीको पदयात्रा शिवदल गणले नुवाकोटको जबरजंग गणको टोलीले शनिबार भ¥याङ-भुरुङमा हस्तान्तरण गरेपछि सो टोली, उक्त झण्डा र टर्चलाई २०७९ पुस २३ गते बेलुका विदुर नगरपालिकाका शुभघाटमा भव्य कार्यक्रमबीच नगरप्रमुख राजन श्रेष्ठ तथा उपप्रमुख प्रभा बोगटीले स्वागत गरेका थिए ।

०७९ पुस २४ नेपाली सेना जबरजंग गणका सेनाको अगुवाइमा आएका एकीकरण मार्ग पदयात्रीलाई एक भव्य कार्यक्रमबीच स्वागत गरिएको थियो । राष्ट्रपिता पृथ्वीनारायण शाहले बाइसे-चौबीसे राज्यलाई एकीकरण गर्दै एक विशाल राष्ट्र निर्माण गरेको मार्ग पछ्याउँदै उक्त एकीकरण मार्ग पदयात्रा गरिने प्रमुख सेनानी अर्जुन कार्कीले बताए । सो कार्यक्रममा बोल्दै नगर उपप्रमुख प्रभा बोगटीले एकीकरण मार्गलाई थप व्यवस्थित गर्न डिपिआर गर्न पहल गर्ने र नुवाकोटको ऐतिहासिक धरोहरको संरक्षण तथा प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसबाट पर्या–पर्यटनमा सहयोग पुग्ने विचार राखे । प्रमुख जिल्ला अधिकारी नारायण रिसालले नुवाकोट एक ऐतिहासिक सम्पदाले सुसज्जित जिल्ला भएकाले एकीकरण पदमार्गका विकासले पर्यटनलगायतको क्षेत्रको विकासमा महत्वपूर्ण अवसर रहेको र इतिहासको जगेर्नाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले नेपाल एकीकरणले नेपाल र नेपालीको शान तथा मर्यादामा कोसेढुंगा साबित भएको, नेपालको संविधानमा सेनालाई निर्दिष्ट गरिएको जिम्मेवारीअन्तर्गत ऐतिहासिक धरोहरको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउने उद्देश्य एकीकरण पदयात्राको सुरुवात ०७६ देखि भएको कुरा व्यक्त गरे । विदुर नगरपालिकाले पृथ्वीजयन्तीको अवसरमा पुस २७ गते बिदासमेत दिएको थियो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानमा योद्धाले हिँडेको बाटो, बनाएका दरबार, किल्ला तथा गढीलाई एक-आपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने, पुर्खाको गौरवपूर्ण इतिहासको महत्व दर्शाउने, राष्ट्रिय एकताको भावना जागृत गर्ने र सर्वसाधारणसमेत राष्ट्र र राष्ट्रियताको भावना जाग्रित गराई गोलबन्द गराउने महत्वपूर्ण हुने उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए । उनले भने, ‘तत्कालीन समयमा भूमि र कृषिमा आधारित अर्थतन्त्रलाई ‘जागिर’ र ‘बिर्ता’ को माध्यमबाट पृथ्वीनारायण शाहले प्रभावकारी रूपमा अघि बढाए जसले आर्थिक विकास र सैनिक अभियानबीच अन्योन्याश्रित सम्बन्ध स्थापित ग¥यो र अहिले आर्थिक समृद्धिमा यो पदमार्ग तथा पदयात्राले नेपालको अर्थतन्त्रमा उल्लेख्य सहयोग हुने, स्थानीय बजार व्यवस्थापन हुने, रोजगारीको अवसर प्राप्त हुने, एकताको भावना जागृत हुने, साहसी नेपालीको पहिचानमा विश्वसामु स्थापित भएको सन्दर्भमा नयाँ पुस्ताले पनि अनुशरण गर्ने बताए ।

गोरखाबाट हिँडेको टोलीले भीमसेन-८ घाटबेँसीमा धादिङको शिवदल गणको टोलीलाई झन्डा, टर्च हस्तान्तरण गरेको थियो । धादिङको टोलीले सामरीमा नुवाकोटको जबरजंग गणको टोलीलाई हस्तान्तरण गरेको थियो । नेपाल एकीकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई नेपाली सेनाले विगत चार वर्षदेखि एकीकरण पदमार्गको रूपमा विकास गर्दै आएको छ । अहिले चौथोपटक सेनाले औपचारिक कार्यक्रममार्फत पदयात्रा गरेको हो । पदयात्रा शुभारम्भ कार्यक्रममा नेपाली सेनाको नुवाकोटमा तैनाथ जबरजंग गणका गणपति अरुण कार्कीले इतिहासको महत्व आज जति छ भोलि पनि त्यति नै हुने भएकाले यसको संरक्षण गर्नु आवश्यक रहेको बताए ।
नेपाली सेनालाई राष्ट्रिय एकता कायम गर्ने गहन जिम्मेवारीसमेत रहेको बताउँदै उनले अहिले पनि राष्ट्रिय एकताको महसुस गरिएको बताए ।

विभिन्न किल्ला, कोट, गढी, दरबारको संरक्षण र वीर पुर्खाको योगदानको कदरका लागि पनि सेनाले विभिन्न कार्य गर्दै आएको पश्चिम पृतनापति बानियाँले बताए । यसका लागि सेना, विभिन्न तहका सरकार, सङ्घ-संस्था र सर्वसाधारणबीच सहकार्य जरुरी भएको उनले बताए । इतिहासको जगेर्ना गरेर अघि बढ्दा देशलाई पनि फाइदा हुने र केही सिक्ने अवसर मिल्ने भएकाले पदयात्राको ‘रुट’लाई पर्यटकीय पदमार्गको रूपमा विकास गर्नुपर्ने विदुर नगरपालिकाका पूर्वमेयर सञ्जु पण्डितले बताए । साथै, उनले पर्यटन प्रवद्र्धनका लागि नुवाकोटले ठूलो फाइदा लिन सक्ने बताए । नुवाकोट दरबारलगायत सामरिक महत्वपूर्ण भवन रहेको विदुर नगरपालिका-२ का वडाध्यक्ष दीपक कायस्थले सेनाले सुरु गरेको इतिहासको जगेर्ना गर्ने काममा सबैले साथ-सहयोग गर्नुपर्ने बताए । इतिहासको संरक्षण र प्रचार-प्रसारमा ध्यान दिन सके यसबाट नुवाकोटले धेरै फाइदा लिन सक्ने उनले बताए ।