+
Search

ताजा अपडेट +

पपुलर +

२२ जुवाडे रू.३०/३० हजार धरौटीमा छुटे

२२ जुवाडे रू.३०/३० हजार धरौटीमा छुटे
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका-६ गुर्जेस्थित बार्दली इन होटेलमा गत बुधबार राति २ बजेतिर कौडा खेलिरहेका २२ जना पक्राउ परेका थिए । पक्राउ परेका सबै आइतबार धरौटीमा छुटेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रनाउ विक्रम लामाको कमान्डमा खटिएको प्रहरी टोलीले ६ जना महिलासहित २२ जनालाई जुवाखालबाट कौडा ३१ (एकतीस) थान, नगद रु. १० लाख ७१ हजार ६ सयसहित कौडा खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रहरीले रितपूर्वक जुवासम्बन्धी कसुरमा प्रमाण लाग्ने दसी बरामद गरी निजलाई कानुनबमोजिम पक्राउ गरी जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट जुवासम्बन्धी कसुरमा म्याद थप गरेकोमा आइतबार जिल्ला प्रशासन कार्यालयले कानुनी प्रक्रिया पूरा गरेर २२ जना जुवाडेलाई जनही रु. ३० हजारको दरले धरौटीमा छाडेको छ । कानुनअनुसार एक महिनाको तारिखमा छुटेका जुवाडेलाई तीन महिना कैद र रु. ३० हजारसम्म जरिवाना हुन सक्ने कानुनी व्यवसायी बताउँछन् ।

Suzuki New Bike & Scooter

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह