Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
८ महिना अगाडी

राणाशासनका समयमा राजा, महाराजादेखि रैतीसम्मले जुवा खेल्न वर्ष दिन कुर्नुपथ्र्याे । गणतन्त्र आएसि’ हुनेखाने, सुकिलामुकिलाका लागि सधैंजसो दसैँ र त्यार भाको’ देखिएकै छ । बडादसैँ सुरु हुनु एक हप्ताअघि टुँडीखेल, खरीको रूखमा चढेर सरकारका प्रतिनिधिले सहरमा जुवा फुक्यो भनेसि’ पञ्चकभरि टोलटोलदेखि टुँडीखेलमै राजारैती खुलमखुला कौडा आदि जुवा खेल्ने गरेको यो तेस्रो आँखाले इतिहास पढेर चाल पाएथ्यो । अरू त अरू, कविशिरोमणि लेखनाथ पौड्यालसमेत लैनचौरका घरमा सब काम छाडी जुवाडे साथी बटुली पञ्चक मनाउन बस्थे अरे । राजधानीनजिक न्वाँकोटाँ नि’ दसैैँ आउन महिना दिनअगाडि नै गुर्जेभन्ज्याङ प्रहरीचौकीसँगै कौडा हानेको आवाज विदुरसम्म पुगेपछि गत हप्ता झन्डै दुई दर्जन जुवाडे एक दर्जन हात्तीमुखे नोटको मुठासमेत फेला परे । मध्यराताँ कोतपर्व जस्तै गरी छापा हान्दा एक दर्जन हाम फालेर भागे नि’ बहालवाला वडादक्ष नै परेसि’ सिंदर्बारदेखि गाउँले सरकारसम्म छुटाउन र जोगाउन प्रहरी प्रशासनलाई आदेश दिन लाम लागे । भिडको दबाब थेग्न नसकेर चारै दिनमा जुवाडे अभियुक्तलाई धरौटीमा छाड्नुपर्ने बाध्यता भएको समन्वय प्रमुख र केही पालिका अध्यक्षले पनि चाल पाइहाले । दसैँ नआउँदै जुवा खाल जम्न थालेसि’ प्रहरी, प्रशासन दैवीप्रकोपको घटनाभन्दा जुवाडेको खोजतलासीमा नगएर के गरून् त विचरा !

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह