+
Search

ताजा अपडेट +

पपुलर +

आदर्श बहुमुखी क्याम्पसको वार्षिकोत्सवको अवसरमा अक्षयकोष स्थापना

त्रिशूली प्रवाह
३ साल अगाडी
  • राजेन्द्र बस्नेत

गजुरी, धादिङको गजुरी गाउँपालिका-१ गजुरीबजारमा रहेको आदर्श बहुमुखी क्याम्पस १७औँ वर्षमा प्रवेश गरेको छ । ०६२/६३ को जनआन्दोलनपश्चात् ०६३ फागुन ६ गते त्रिभुवन विश्वविद्यालयबाट आदर्श बहुमुखी क्याम्पसको नाममा सम्बन्धन प्राप्त गरेको दिनलाई स्थापना दिवस मानेर १७ वर्षदेखि स्थापना दिवस मनाउँदै आएको छ । तत्कालीन स्थानीय विकासमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा क्याम्पस सञ्चालक समिति गठन गरेर सुरु गरेको क्याम्पसको हाल पनि अध्यक्ष पाण्डे नै रहेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

क्याम्पस सञ्चालनले स्थानीय शिक्षक र छोरीबुहारीलाई उच्च शिक्षा पढ्न हौसला मिलेको र अध्ययन गर्ने अधिकांश शिक्षक तथा छोरीबुहारी रहेका छन् । पाण्डे मुख्यमन्त्री भएपछि छोरीबुहारीलाई स्नातक तह अध्ययन गर्न छात्रवृत्ति दिने कार्यक्रम ल्याएका थिए । हाल बागमती प्रदेशमा ६ सय ५७ जनाले छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । सामुदायिक क्याम्पस सञ्चालनमा सरकारले खासै चासो नदेखाएकाले क्याम्पस आर्थिक तथा भौतिक रूपमा मजबुत हुन सकेको छैन । क्याम्पसको १३ रोपनी जग्गा रहेको छ । भारतीय राजदूतावासले क्याम्पस भवन निर्माण गरिरहेको छ । निर्माण कम्पनीको ढिलासुस्तीले अझै काम पूरा भएको छैन । भवन पूर्ण रूपमा सम्पन्न भएपछि कक्षा सञ्चालन गर्न पर्याप्त कक्षाकोठा हुनेछन् । क्याम्पसले बससेवा पनि सञ्चालन गरेको छ । भौतिक रूपमा सम्पन्नजस्तै भए पनि आर्थिक रूपमा तलब खुवाउन समस्या रहँदै आएको छ । तलब खुवाउने समस्याको दिगो समाधानको रूपमा अक्षयकोष स्थापना हुने देखेर मूल धन नमासिने गरी अक्षयकोष स्थापनाको शुभारम्भ गरिएको छ ।

आदर्श बहुमुखी क्याम्पस सञ्चालन तथा व्यवस्थापन अक्षयकोषमा क्याम्पस सञ्चालक समितिका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले एक लाख रुपैयाँ राख्ने घोषणा गरेसँगै सोही दिन १४ लाख १३ हजार सात सय ६३ रुपैयाँ बोलकबोल भएको छ । अध्यक्षकोषमा रकम बोलकबोल गर्नेमा गजुरी गाउँपालिका-५ का वडाध्यक्ष गोविन्द लामिछानेले एक लाख, वडा नम्बर २ का अध्यक्ष तारानाथ भण्डारीले २५ हजार, समाजसेवी पुरुषोत्तमदास श्रेष्ठले ५० हजार, मनोहर दास श्रेष्ठले एक लाख, शुक्ल उप्रेतीले २५ हजार, प्रमोदराज रुपाखेतीले एक लाख, भूमिप्रसाद कँडेलले ५० हजार पाँच सय पाँच रुपैयाँ बोलकबोल गरेका छन् । यसैगरी, शोभा चेपाङले २५ हजार, पुष्प थपलियाले ५० हजार, सीता श्रेष्ठले २५ हजार पाँच सय २५ रुपैयाँ, अर्जुनप्रसाद अर्यालले एक लाख एक हजार एक सय ११, वासु सुवेदीले २५ हजार, कृष्णप्रसाद अर्यालले २५ हजार पाँच सय २५ रुपैयाँ बोलकबोल गरेका छन् । यसैगरी, क्याम्पसका प्राध्यापक तथा कर्मचारीले पनि अक्षयकोषमा स्वघोषणा गरेका छन् । स्वघोषणा गर्नेमा सहायक क्याम्पस प्रमुख रामचन्द्र अर्यालले एक लाख रुपैयाँ, उपप्रध्यापक रुद्रप्रसाद दनैले एक लाख, रमेश अधिकारीले ५४ हजार, इन्दिरा खतिवडा अर्यालले ५० हजार एक रुपैयाँ, मुक्तिकला लामिछानेले ५० हजार, दुर्गा घिमिरेले ५० हजार, दीपक सिंखडाले २५ हजार पाँच रुपैयाँ बोलकबोल गरेका छन् । यसैगरी, क्याम्पसका कर्मचारी रामकुमार श्रेष्ठले ५० हजार, शान्ति शाहले २५ हजार पाँच सय २५ रुपैयाँ, नवीन उप्रेतीले ५५ हजार पाँच सय ५५ रुपैयाँ, शंकर सुवेदीले २५ हजार पाँच सय पाँच रुपैयाँ बोलकबोल गरेका छन् । यसैगरी, पत्रकार राजेन्द्र बस्नेतले कारोबार दैनिकमा समाचार छापिएबापत प्राप्त हुने एक वर्षको रकम १८औँ वार्षिकोत्सवमा दाखिला गर्ने घोषणा गरेका छन् ।

अध्यक्षकोषमा न्यूनतम पाँच हजारदेखि माथि जति पनि सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ । अध्यक्षकोषमा १० करोडभन्दा माथि दाखिला गर्नेको नाममा वा इच्छाएको व्यक्तिको नाममा स्मृति भवन नामकरण गरिने व्यवस्था गरेको छ । अक्षयकोषलाई बढावा दिँदै क्यापस सञ्चालनलाई दिगो रूपमा आर्थिक रूपमा मजबुत बनाउन खाताको खोजी गर्ने कार्य निरन्तर चलाइरहने क्याम्पस सञ्चालक समिति अध्यक्ष पाण्डेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह