सर्वत्र सुधारको वर्ष बनोस् २०८०

  • त्रिशूली प्रवाह
  • ३० चैत्र २०७९, बिहीबार १४:५५
  • तिलप्रसाद न्यौपाने (ढाकाटोपी )

आज बिहीबार मसान्त भोली शुक्रबार बैंशाख १ गते बिक्रम सम्वत् २०८० सालको नयाँ वर्ष प्रारम्भ भएको दिन हो । विदा गरिएको २०७९ साल तपाई हामी नेपालीको लागि त्यति उपलब्धीमुलक त्यति सुखद भएनन् नै । यस २०७९ मा स्थानीय तह, प्रदेश तह र प्रतिनिधीसभा केन्द्रिय तहको निर्वाचन ६० प्रतिशत भन्दा बढीले भोट दिएर सम्पन्न भएको भए तापनि भ्रष्टाचारले देशलाई नै थला पार्न खोजेको कुरा राजनीतिक विश्लेषक एवम् विज्ञविद्ले बताईरहेका छन् भने भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय राष्ट्रिय संस्था टान्सपरेन्सी ईन्टर नेश्नल संस्थाको वार्षिकी सार्वजानिक प्रतिवेदनले पनि नेपालमा कति भ्रष्टाचार भईरहेको छ भनेर प्रष्ट पारेको छ र वढ्दो भ्रष्टाचारकै कारण विकास निर्माणको क्रमले गति लिन सकेन । शुद्ध सेवा रथ हुनुपर्ने राजनीतिलाई धमिल्याउँदै ब्यत्तिगत स्वार्थ पार्टीगत स्वार्थमा उन्मुख भई म देश जनताको लागि कति जिम्मेवार भएर काम गरेको छु त भन्ने आफुले आफुलाई ख्यालै नगरी राष्ट्रहित विपरीतका नराम्रो काम जतिको दोष अरुको थाप्लोमा हााल्ने र आफु च्वाँई निकै असल ब्यक्तिको रुपमा देखाउने मात्र भएको पाईयो । २०७८ अघि माओवादी पार्टीलगायत ५ दलको समर्थनमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नेतृत्वको सरकार थियो भने त्यसपछि सात दलको समर्थनमा नेपाली काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नेतृत्वको सरकार थियो र गत मंशिर ४ गते भएको प्रदेश र प्रतिनीधीसभा सम्पन्न निर्वाचनमा कुनै पनि एक दलले बहुमत ल्याउन नसकेकै कारण काँग्रेस विपक्षी र नेकपा एमाले पार्टीसहितको समर्थनमा तेस्रो दल नेकपा माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीकै नेतृत्वमा सरकार गठन भएको छ र गत फाल्गुन २५ गते नेपाली काँग्रेस उपसभापति रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएपश्चात् विपक्षमा एमाले अनि अहिले पनि नेपाली काँग्रेस पार्टीसहित १० दलको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा सरकार छ ।

प्रजातन्त्र स्थापना २०४७ सालदेखि यता अहिलेसम्म घुमिफिरी रुम्चाटार भने जस्तो उहाँहरु यिनै तीन दलको नेतृत्वमा नै सरकार बन्दै आएको जन जाहेर छ । काँग्रेस, एमाले वा माओवादी जुनसुकै दलको सरकार भएपनि अबको सरकारले २०८० को नयाँ वर्षलाई देश विकास निर्माण कार्यमा कसरी सफल बनाउने त भन्नेतर्फ ध्यान जानु जरुरी भएको छ । शान्ति सुशासनसहित विकास निर्माणको क्रमलाई समृद्धिको बाटोमा कसरी अघि बढाउने त ? धरासायी अवस्थामा पुग्न लागेको नेपालको अर्थतन्त्रलाई कसरी सुधार्ने त ? बढ्दोरुपमा रहिरहेको भ्रष्टाचारको अवस्थालाई कसरी न्युनीकरण गर्ने कसरी शून्य शिलतामा झार्ने त ? नीति र कार्ययोजनालाई कसरी निर्माण र समयमै कसरी सम्पन्नता गर्ने त ? कृषि प्रधान मुलुक भएको भए तापनि कृषि जन्य पदार्थमा निर्यातमुखी हुनुपर्ने ठाउँमा वर्षमा खर्ब भन्दा बढी आयातमुखी किन भईरहेको छ त ? सिमामा सिमा अधिक्रमण किन भईरहेको छ त ? नेता र नेतृत्वकै लापरबाही कारणले भारतले हडपी रहेको नेपालको भू-भाग कालापानी, लिपुलेक, लिम्पियाधुरा हजारांै वर्ग किलोमिटर जमिन नेपालको नक्सामा च्वाँई राख्ने तर भोग चलन च्वाँई भारतले नै गरीराख्ने यो के भईरहेको छ ? लिपुलेक, लिम्पियधुरा, कालापानीको नेपालको भू-भाग नेपालकै स्वामित्वमा हुने गरी कहिले ल्याउने त ? यी प्रश्न सबै सामु खडा भएर बसेका छन् भने यस्ता कुरामा नेता नेतृत्व एवम् राजनीतिक दलले भाषणका होइन शासनमा गहिरिएर सोच्न जरुरी भएको छ । किनकी देशलाई भ्रष्टाचारबाट मुत्त गराउन सक्ने अनि विकास निर्माणको क्रमलाई तिव्रगतिमा अगाडी बढाउने शान्ति सुशासन कायम गर्ने, छिमेकीबाट मिचिएका भू–भाग नेपालकै स्वामित्वमा ल्याउने देशलाई अर्थतन्त्रलाई सुधार्ने, नीति, नियम बनाएर कार्यान्वयनमा ल्याउनेलगायत देशलाई सही बाटोमा हिंडाउने भनेको मूल साँचो नै राजनीतिक दल, नेता र नेतृत्वको हातमा हुने भएकोले सरकारले देशलाई जुन लयमा हिंडाउन खोजेको त्यहीँ बाटोमा हिड्ने हो । समस्याग्रस्तको बाटोमा हिडिंरहेको आर्थिक अर्थतन्त्रको सुधार होस् । सात प्रदेशसहितको संघीयता ब्यवस्थामा खर्चले धान्नै नसक्ने भएको छ, यसलाई कसरी व्यवस्थापन गर्ने त ? जसको सुधार होस् । कृषिमा आयातमुखी होइन अब निर्यातमुखी बन्न सकोस् । भ्रष्टाचार शुन्य शिलतामा झर्न सकोस् । बेरोजगारले रोजगारी पाउन सकुन् । कालापानी, लिपुलेक, लिम्पियाधुरा जमिन नेपालको हो जसलाई २०७७ मा एमाले पार्टी अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले हस्तक्षेप गरिरहेको जमिनको चौतर्फी विरोध र आन्दोलन हुन थालेपछि नेपालको नक्सामा मात्र राखेर जनमानसको आँखामा छाहारो हाल्ले काम मात्र भएको थियो जसलाई नक्सामा मात्र देखाउने होईन बास्तविक भुगोलमा ल्याउन साँध सिमानाबारे निर्बिवादरुपमा पढाईमा समेत आत्मसात् गर्न पाईयोस् । सचेत नेपालीको चाहना नव वर्ष २०८० को यहीँ छ हार्दिक शुभकामना !