धादिङका १३ पालिकामा साढे तीन अर्ब बेरुजु

  • त्रिशूली प्रवाह
  • १४ बैशाख २०८०, बिहीबार १५:३७
  • राजेन्द्र बस्नेत

धादिङबेँसी, यस वर्ष महालेखापरीक्षकको ६०औँ प्रतिवेदनले देशभरिका पालिकाको बेरुजुको कहालीलाग्दो तथ्याङ्क सार्वजनिक गरेको छ । धादिङका १३ पालिकामा आव ०७८÷७९ मा तीन अर्ब ४३ करोड ८९ लाख ३१ हजार बेरुजु पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । बागमती प्रदेशको धादिङ जिल्लाको १३ स्थानीय तहमा आर्थिक वर्ष ०७८÷७९ को लेखापरीक्षकको प्रतिवेदनअनुसार थाक्रे गाउँपालिकाको सबैभन्दा बढी बेरुजु रहेको छ । थाक्रेमा एक अर्ब ८६ करोड ५८ लाख ८७ हजारको लेखापरीक्षण गर्दा १५ करोड आठ लाख ३८ हजार बेरुजु थप भई २८ करोड ७७ लाख ८९ हजार बेरुजु पुगेको हो ।

त्यसैगरी, नीलकण्ठ नगरपालिकाको दुई अर्ब ६७ करोड ७० लाख ११ हजारको लेखापरीक्षण गर्दा १० करोड ९० लाख १६ हजार बेरुजु थप भई ९७ करोड २१ लाख ८७ हजार बेरुजु पुगेको छ । धुनीबेँसी नगरपालिकाको एक अर्ब ७६ करोड ६६ लाख ४० हजारको लेखापरीक्षण गर्दा पाँच करोड ६४ लाख ४० हजार बेरुजु थप भई ३३ करोड करोड १८ लाख ५२ हजार बेरुजु पुगेको छ । गल्छी गाउँपालिकाको एक अर्ब ६५ करोड ४८ लाख ३० हजारको लेखापरीक्षण गर्दा सात करोड ४७ लाख १७ हजार बेरुजु थप भई ३५ करोड ८५ लाख ९० हजार बेरुजु पुगेको छ । गजुरी गाउँपालिकाको एक अर्ब १७ करोड ५१ लाख १७ हजारको लेखापरीक्षण गर्दा सात करोड २९ लाख ४५ हजार बेरुजु थप भई ३० करोड १७ लाख ८० हजार बेरुजु पुगेको छ । त्यसैगरी, बेनीघाट–रोराङ गाउँपालिकाको एक अर्ब ५४ करोड १५ लाख ५७ हजारको लेखापरीक्षण गर्दा दुई करोड ४१ लाख ५६ हजार बेरुजु थप भई आठ करोड ९० लाख २५ हजार बेरुजु पुगेको छ । सिद्धलेक गाउँपालिकाको एक अर्ब ८० करोड ५४ लाख ८८ हजारको लेखापरीक्षण गर्दा एक करोड ९६ लाख ३५ हजार बेरुजु थप भई १५ करोड ६६ लाख ३४ हजार बेरुजु पुगेको छ ।

ज्वालामुखी गाउँपालिकाको एक अर्ब ३६ करोड २४ लाख ७३ हजारको लेखापरीक्षण गर्दा पाँच करोड ५६ लाख ४३ हजार बेरुजु थप भई ११ करोड ५ लाख ३६ हजार बेरुजु पुगेको छ । त्यसैगरी, त्रिपुरासुन्दरी गाउँपालिकाको एक अर्ब ५० करोड ८४ लाख १६ हजारको लेखापरीक्षण गर्दा सात करोड ५१ लाख २४ हजार बेरुजु थप भई २६ करोड ६७ लाख १४ हजार बेरुजु पुगेको छ । गंगा-जमुना गाउँपालिकाको एक अर्ब ४४ करोड ७८ लाख ४४ हजारको लेखापरीक्षण गर्दा ६ करोड ८३ लाख २२ हजार बेरुजु थप भई १९ करोड २६ लाख ४६ हजार बेरुजु पुगेको छ । रुबीभ्याली गाउँपालिकाको ५५ करोड ९६ लाख ६० हजारको लेखापरीक्षण गर्दा दुई करोड २८ लाख ७३ हजार बेरुजु थप भई १७ करोड ६१ लाख एक हजार बेरुजु पुगेको छ । खनियाँबास गाउँपालिकाको ७८ करोड ६८ लाख १० हजारको लेखापरीक्षण गर्दा पाँच करोड ५६ लाख ४३ हजार बेरुजु थप भई ११ करोड पाँच लाख ३६ हजार बेरुजु पुगेको छ । नेत्रावती–दबजोङ गाउँपालिकाको ७५ करोड ९३ लाख ५० हजारको लेखापरीक्षण गर्दा एक करोड १२ लाख ४४ हजार बेरुजु थप भई तीन करोड ७२ लाख बेरुजु पुगेको छ ।