+
Search

ताजा अपडेट +

पपुलर +

दूधको क्यान बोकेरै मासिक १७ हजार कमाइ

दूधको क्यान बोकेरै मासिक १७ हजार कमाइ
त्रिशूली प्रवाह
३ साल अगाडी
  • सुनील श्रेष्ठ

विदुर, सदाझैँ झिसमिसेमै उठेर गाउँघरबाट दूध सङ्कलन गरी सदरमुकाम विदुरसम्म दूध पु¥याउँछन् खेमप्रसाद भट्ट । उनले विदुर नगरपालिका-१२ भट्ट गाउँस्थित किसानका घरबाट दूध सङ्कलन गरेर दूध डेरीसम्म पु¥याउन थालेको १५ वर्ष बितिसकेको छ ।

Utsuk Books & Stationery

विदुरमा दूध पु¥याउन थालेकोचाहिँ ११ वर्ष भयो,’ उनले भने, ‘त्यसभन्दा पहिले अरू ठाउँमा प्लास्टिकका बट्टामा दूध राखी दूध पु¥याउने गरेको थिएँ ।’ करिब दुई घन्टाभन्दा बढी समय खर्चेर दिनहुँ दूधको क्यान बोकेर पु¥याउने गर्छन् । घरेलु विकास समिति कार्यालयबाट दूध प्रशोधनको तालिमसमेत लिएका उनले आफैँ दूधको फ्याट मात्रा चेकजाँच गर्ने, दूध सङ्कलन गर्ने अनि दूध डेरीसम्म पु¥याउने गर्छन् । गाउँघरको दूध पु¥याउन उनलाई सहकारी आवश्यक पर्दैन न त दक्ष प्राविधिक नै । आफ्नो हात जगन्नाथ भनेझैँ हातमा सीप छ उनको । ‘दूधको क्यान बोकेर सुरुको वर्ष महिनाको १५ सयमा पाउने गरेको थिएँ,’ उनले भने, ‘अहिले महिनाको १७ हजार कमाउँछु । क्यानमा दूध बोकेरै पाँचजनाको परिवार पालेको छु । घरखर्च धानेको छ । बिहान दूध बोक्छु, दिउँसो घर, खेतबारीमा समय खर्चने गरेको छु । दूधका लागि दुईवटा भैँसी पालेको छु । भैँसीलाई घाँसपात गर्छु ।’ उनीसँगै दूध पु¥याउन अरू दुईजना साथी छन् – महानन्द भट्ट र अर्जुनप्रसाद भट्ट । तीनैजना लस्करै, सुसेल्दै, रमाइलो गर्दै दूधको क्यान बोकेर हिँड्ने गर्छन् । उनीहरूको विश्रामस्थल सिमचौरस्थित झोलुङ्गे पुलमा आएर हुने गर्दछ । विदुर नगरपालिका-४ र १२ जोड्ने झोलुङ्गे पुलसँगै एक सय मिटरको पक्की पुल बनिरहेको छ, पुलले उनीहरूलाई सहज हुने भएको बताउँछन् । ‘गाउँमै पसिना बगाएर आएको आम्दानीले म सन्तुष्ट छु,’ उनले भने, ‘सदरमुकामसम्म दूध लैजान सवारीसाधन गाउँसम्म मोटर बाटो पुगे पनि कच्ची बाटोले गर्दा वर्षामा मोटर नजाने भएकोले दूध बोकेरै ल्याउने गरेको हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह