५० छात्रालाई निःशुल्क सुप्रिम किड

  • त्रिशूली प्रवाह
  • ११ जेष्ठ २०८०, बिहीबार १३:३३
  • राजेन्द्र बस्नेत

गजुरी, धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं.-८ मा रहेको किराञ्चोक माध्यामिक विद्यालयका ५० छात्रालाई निःशुल्क सुप्रिम किड प्रदान गरिएको छ ।

मानव अधिकारका लागि महिला, एकल महिला समूह धादिङको समन्वयमा डेज फङर गल्र्स धादिङद्वारा सुप्रिम किड वितरण गरिएको एकल महिला समूहकी अध्यक्ष कल्पना अधिकारीले बताउनु भयो । छात्राको महिनावारी स्वच्छता सामाग्री उत्पादन गर्दै आएको संस्था डेज फर गल्र्सले ७ सय ५० बराबरको सामान वितरण गरेको छ । वितरीत सुप्रिम किडमा पुनः प्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड आठ वटा, साबुन एक वटा, पेन्टी दुई वटा, रुमाल एक वटा, बेल्ट दुई वटा, कपडाको झोला एक वटा र क्यालेण्डर एक वटा रहेको डेज फर गल्र्स धादिङकी अध्यक्ष बिमला ढकालले बताईन् । किड वितरण गर्नुअघि एकल महिला समूहकी अध्यक्ष अधिकारीले छात्रालाई महिला अधिकार र कर्तब्यको विषयमा संक्षिप्त जानकारी गराएकी थिईन् । कक्षा ६ देखि १० सम्मका छात्रालाई महिनावारी स्वच्छता, सुप्रिम किड तथा सेनेटरी प्याड प्रयोग र ब्यवस्थापनको विषयमा डेज फर गल्र्स धादिङकी सञ्चालक तारा कार्कीले सहजीकरण गरेकी थिईन् । डेज फर गल्र्समा आबद्ध एकल महिलाले महिनावारी स्वच्छता सामाग्री सनेटरी प्याड बनाउँदै आएका छन् । गैर नाफामूलक संस्थामा एकल महिला तीन जनाले नियमित र पाँच जनाले आंशिकरुपमा रोजगारी पाएको अध्यक्ष ढकालले बताईन् ।