तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ७ असार २०८०, बिहीबार १२:१९
Buddha Eyes

मनसुन सुरु नहुँदै बाढी र पहिरोले मुलुक आक्रान्त छ । सङ्घ र प्रदेश सरकारले आगामी वर्षका लागि बजेट ल्याएर कसैलाई हँसाएका छन् भने कसैलाई बिच्काएका छन् । बजेट कटौतीको हल्ली-खल्ली भइरहे पनि नुवाकोटमा ओइरिएको बजेटबारे सर्वत्र विरोध ! जिल्लामा भने बजेट बढेकोमा केही व्यक्ति दङ्ग ! सदरमुकाममा रहेको नगरपालिका भने विगतका जनप्रतिनिधिको जनपक्षीय नीति र कार्यक्रमप्रति सौतेनी दृष्टि ! विगतका जनप्रतिनिधिले सुरु गरी सम्पन्न भएको कोसेली घर, बधशालालगायतले मेयर/उपमेयरलाई गिज्याइरहेको छ । सङ्घ र प्रदेशबाट जलविहारलाई करोडौँ विनियोजन हुँदा जलविद्युत् केन्द्र बेखबर ! जलविहारका लागि आएको बजेट जलविद्युत् केन्द्रलाई पत्तो नहुँदा सुगतपुर विहार त्रिशूलीबजार सक्रियता बढाउँदै ! कसरी हात पार्ने भन्दै विचार-विमर्शका लागि ढोका ढकढक्याउँदै !