तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १४ असार २०८०, बिहीबार १२:१६
Buddha Eyes

वर्षात्सँगै सडक अवरोध र असुरक्षित हुनु नौलो घटना होइन । सडक अवरोध खुलाउने निकाय मौन रहँदा गल्छी-बेत्रावती सडकखण्ड देवीघाट र तिरतिरेको पहिरोले घण्टौँ सडक अवरुद्ध ! प्रहरीले सुरक्षालाई केही दिनदेखि विशेष चासो दिँदा चीनबाट रसुवागढी हुँदै छिरेको सुनको चर्चा ! सुन आएको हल्लाले दिनरात चेकजाँच हुँदा जिल्लावासी भने प्रहरी हाम्रो साथी सम्झँदै ! प्रहरीको सक्रियता सुन छिरेको हल्ला र प्रहरीका ठूला हाकिमको सवारीले हो कि ? एक हप्तादेखि जिल्लामा प्रहरी रहेको महसुस जनताले गर्दा नागरिक अगुवा तैँ चुप मै चुप !