तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २८ असार २०८०, बिहीबार १२:५५
Buddha Eyes

नक्कली शरणार्थी र ललितानिवास काण्डले नेता र कर्मचारी पक्राउ पर्न थालेपछि सिंहदरबार खाली होला कि भन्ने नागरिकलाई चिन्ता ! असारमै ९० प्रतिशत विकासको काम हुने यो देशमा सांसद नै बेरोजगार भएपछि ठेकेदारलाई सास्ती ! चर्चाको राष्ट्रिय महत्वको छहरे-टोखा सुरुङ सडक पिच उप्काएर गुणस्तर जाँच्न सिडिओ सा’पलाई बेरोजगार सांसदको दबाब ! सडक कार्जेलयका रिमाल सा’प भने हाटा गर्दै सालतमामीको अडिट गर्न सुटुक्क काठमाडौंतिर ! सङ्घका पूर्वमन्त्री र प्रदेशका पूर्वउपसभामुखसहित जिल्ला समन्वय प्रमुखले सडकमा देखाएको रमिता छानबिन होला कि सामसुममै टुङ्गिएला भन्दै गठबन्धन दलभित्र खैलाबैला ! काम नभएपछि विगत वर्षतिर यो सडकखण्डमा अहिलेका बहालवाला सङ्घ र प्रदेशका अर्थमन्त्रीले धानसमेत रोपेको कसले बिर्सने ।