+
Search

ताजा अपडेट +

पपुलर +

धुन्चेमा फिटनेस सेन्टर

धुन्चेमा फिटनेस सेन्टर
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा गोसाइँकुण्ड गाउँपालिकाको आर्थिक सहयोगमा फिटनेस सेन्टर निर्माण गरी सञ्चालनमा आएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–६ को कार्यालयको समन्वयमा पालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त सेन्टर २५ लाख ४१ हजार ३० रूपैयाँ ८९ पैसाको लागतमा निर्माण सम्पन्न गरी साउन ८ गते विधिवतरूपमा संविधानसभा सदस्य छोवाङ तेन्जिन तामाङले उद्घाटन गर्नुभएको हो । फिटनेस सेन्टर उद्घाटनको अवसरमा सविधानसभा सदस्य छोवाङ तेन्जिन तामाङ गोसाइँकुण्ड गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङ, वडा नम्बर–६ का वडाअध्यक्ष दावा सिदार वाईवालगायतले फिटनेस सेन्टर हलभित्र प्रवेश गर्दा यस भित्रको सामाग्रीलाई कुनै असर नपु¥याई प्रयोग गर्न सरोकारवालालाई सुझाव दिनुभयो । उक्त फिटनेस सेन्टर प्रवेश गर्न र त्यहाँ भएका सामाग्री प्रयोग हलभित्र छुट्टै जुत्ता प्रयोग गरी मासिक शुल्क एक हजार रूपैयाँ कायम गरिएको वडाअध्यक्ष दावा सिदार वाईवाले सो अवसरमा जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह