तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ११ श्रावण २०८०, बिहीबार ११:४०
Buddha Eyes

देशमा कर्मचारीतन्त्र राजनीति र नेताबाट प्रताडित छन् रे ! बालुवाटारको ललितानिवास जग्गा हडप्ने योजनाको टिप्पणी लेख्ने जेल, सदर गर्नेलाई उन्मुक्ति त्यसै कारणले हो कि ? योग्यता र क्षमतामा भन्दा कर्मचारी चाकडी र चाप्लुसीमा विश्वास गर्दा पदोन्नति र सेवा, सुविधा भगवान्भरोसा ! नुवाकोटमा साउने दोस्रो सोमबार विपत् व्यवस्थापनको बैठकमा सिडिओ सा’वले जिल्लाका सांसदलाई गरेको स्वागत ग्रहण गर्नेबाटै झन्डै अस्वीकार ! एकजना प्रदेश सांसदले त प्वाक्क भनिहालिन् – निर्वाचित भएको एक वर्ष पुरानो भइसक्यो सर, तपाईंले सधैँ नयाँ भन्दै स्वागत गरिरहँदा अप्ठ्यारो लाग्छ । स्वागत ग्रहण गर्न प्रदेश सांसद एवम् प्रदेशका अर्थमन्त्री उक्त भलाकुसारी सुनेर हाँसो थाम्न नसक्दा सङ्घका पूर्वमन्त्री एवम् सङ्घीय सांसदको एक्कासि मुड चेन्ज !