तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०८०, शुक्रबार ११:४७
Buddha Eyes

देशको दुर्भाग्य भनेकै निर्वाचनमा पहिलो र दोस्रो हुने सत्ताबाहिर, तेस्रो हुने दलको नेतृत्वमा सरकार ! संसद्को अङ्कगणितमा दोस्रो भए पनि समानुपातिकमा लोकप्रिय भोट पाएको एमालेको केन्द्रदेखि जिल्लासम्म चुरीफुरी आफ्नै सहकर्मीलाई पेल्नु, कमजोर बन्दै विपक्ष हसाउनु ! विधानविपरीत तीन-चार सयको जम्बो जिल्ला कमिटी भए पनि पाँच भाइको तजबिज हुन थालेपछि कमरेडबीच स¥याक-सुरुक ! पार्टीका अभिभावक एवम् मदन भण्डारी फाउन्डेसन केन्द्रका अध्यक्ष पाण्डे सरले बैठकमा फाउन्डेसनलाई खुला र पार्टीका सबै कार्जेकर्ताको अपनत्व बनाउन निर्देशन दिएपछि क्लब बनाइरहेका कमरेडको सातो उड्दा मैनाली कमरेडले जिल्ला नेतालाई सचेत गराउन सामाजिक सञ्जाल व्यापक दुरुपयोग !