तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ३२ श्रावण २०८०, बिहीबार १२:५६
Buddha Eyes

राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन भन्ने कोटेसन अहिले विदुर नगरपालिकामा काटीकुटी ठ्याक्कै ! गठबन्धनको कारण प्रमुख–उपप्रमुखसहित केही वडा गत चुनाउमा गुमाएको एमाले कार्यपालिकामा सुविधाजनक बहुमतको सदुपयोग गर्न नसक्दा कन्तबिजोग ! अर्कोचोटि मेयर लड्ने तयारीमा रहेका एमालेका केही होनाहार वडाध्यक्षका कारण बहुमत कार्यपालिकामा विरोध र अवरोध सामना गर्नु नपरेपछि कमजोर धरातलमा उभिएका गठबन्धनका मेयर-उपमेयर दङ्ग ! मेयर-उपमेयरको योजना खेलोफड्कोले कार्यपालिकाको बहुमत सदस्यलाई पार्टीमा टिकाउन र अडाउन एमालेलाई हम्मे-हम्मे !