अभिब्यक्ति स्वतन्त्रताको दुरूपयोग गर्दै सामाजिक सद्भाव खलबलाउनेलाई खवरदार ?

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०८०, सोमबार १६:३२

१. दशैं हाम्रो आँगनमा आईपुगेको छ । मान्नेले मान्न पाउँछ नमान्नेललाई मान्नु पर्दछ भनेर कुनै कर गरिएको छैन । तर पनि मंगोल नेशनल अर्गनाइजेसन एवं दलित अभियन्ता डा.मित्र परियारलगायतका केही मेशिनरी अभियन्ताले दशैं विरोधी क्रियाकलाप गर्न थालेका छन् । दशैं नजिकिएसँगै यिनीहरूको वैदेशिक निकायसँगको भेटघाट र भेटघाट पश्चात्को दशैं विरोधी अभियानमा यिनीहरू कोबाट परिचालित छन् भन्ने कुरा घामझैं छर्लङ्ग भएको छ । निज परियारलाई कसले परिचालन गरिरहेको छ ? प्रश्न उठेको छ । डा.परियारका गतिविधी क्रिश्चियन धर्मलाई सहयोग पुग्न खालका रहेको आरोप लाग्ने गरेको छ । निज परियारले लामो समयसम्म बेलायती राजदूताबासको कार्यालय लैनचौरमा काम गरेका थिए । उनले त्यहाँ मिडिया सम्बन्धी काम हेर्ने गर्थें । आफुलाई स्वघोषित दलित अभियान्ता बताउने डा.परियारले अहिले पनि बेलायती राजदूतलाई भेट गर्नेदेखि पश्चिमा राष्ट्रका कूटनीतिज्ञसँग भेटवार्ता गर्दै आएका छन् । उनका लेख–रचना पश्चिमा राष्ट्र अर्थात् क्रिश्चियनको प्रचारक र हिन्दु धर्मविरोधी वेबपोर्टलमा आउने गरेका छन् । पश्चिमा राष्ट्रलाई नेपालमा क्रिश्चियन धर्म बढाउन ठूलो रकम खर्च गरेको भनेर आरोप लाग्दै आएको छ । यस्तो अवस्थामा सामाजिक सद्भाव बिथोलिने गरेर डा.परियारले अभिब्यक्ति स्वतन्त्रताको दुरूपयोग गरेका छन् । निजका यस्ता अमानविय गतिविधीले आशंका उब्जिएको छ । उनका घृणा फैलाउने अभिब्यक्तिप्रति नेपाल प्रहरीको साईबर ब्युरोले विशेष ध्यान दिनु आवश्यक छ । यो सम्बन्धित बिस्तृत समाचार शुक्रबार, आश्विन १९, २०८० को www.republicadainik.com मा छापिएको छ ।

२. दशैँ नजिक आएसँगै माधवकुमार नेपालको एक ’स्टेटमेन्ट’ बाहिर आएको छ । नेपालमा हिन्दुले बढी महत्व पाएका छन्, दशैँ तिहारको विदा छोट्याउनुपर्छ भनेर । मानिसको दिनचर्या निकै ब्यस्त बनिसकेको छ । त्यसैले काममा जुट्नुपर्ने मानिसका बाध्यता छन् भन्दै अब दशैँलाई दुई दिन, नभए तीन दिनभित्र दशैंलाई सक्नुपर्छ भन्दै आफ्नो विचार राखेका छन् । उनले घुमाउरो पाराले नेपाली संस्कृतिमाथि अर्घेलो गर्ने चेष्टा गरेका छन् । जुन नेताहरूले गरिवलाई चुसेर ३ सय ६५ दिन नै दशैँ मनाईरहेका छन् तिनै नेताहरूले गरिव जनताले १० दिन मनाउने दशैँमाथि पनि कुदृष्टि लगाएर समस्त जनताको खुशीमाथि र समग्रमा हिन्दु चाडपर्वमाथि प्रहार गरेका छन् ।

३. एकातिर हिन्दु धर्ममाथि चारै तिरबाट प्रहार भएको छ भने अर्कोतिर संसदमा मुस्लिम र इसाईको पक्षमा नेताहरूद्वारा वकालत शुरू भएको छ । केही समयअघि मात्र इसाई मिशिनरी आईएनजिओले ११ अर्ब २८ करोड रकम भित्राएको समाचार सार्वजनिक भएको थियो । उक्त रकम आएसँगै नेता एवं मन्त्रीले इसाईको पक्षमा संसदमा एवं मिडियामा अभिब्यक्ति दिन थालेको देख्न सकिन्छ । सत्तारूढ दल नेकपा माओवादीमा रहेका इसाई धर्मावलम्बीले भरतपुर महानगरपालिकामा भातृ संगठन निर्माण गरेका थिए । भरतपुर महानगरकी मेयर रेनु दाहाललाई प्रमुख अतिथि बनाएर गरिएको उक्त सम्मेलनबाट माओवादी निकट ’प्रगतिशील इसाई मञ्च गठन गरिएको थियो । गत साता भरतपुरको अतिथि पार्टी प्यालेसमा सम्मेलन समेतको आयोजना गरिएको थियो । यसैबाट पनि के प्रष्ट हुन्छ भने यहाँ नेतृत्व स्वयम्ले नै इसाई धर्मान्तरणलाई सहयोग गर्दै आएको छन् ।

४. माइतीघर मण्डलामा ४ जना उभिएर प्ले कार्ड बोक्दा मात्र पनि नेपालको ‘मेंन स्ट्रीम’ को मिडियाद्वारा समाचार बनाईन्छ । भोलीपल्ट मिडियामा ठूला–ठूला हेडलाइन दिएर समाचार प्रकाशित गरिन्छ तर केही समयअघि धरानको विषयलाई लिएर त्यति ठूलो आन्दोलन भयो तर कुनै पनि ठूला मिडियाले उक्त कार्यक्रमलाई प्रसारण गरेंन । मानौ सबै मिडिया मिलेर उक्त कार्यक्रमलाई बाईपास गर्नु भनेर कसैबाट दबाब आएको थियो झैं गरेर घटनालाई पन्छाईयो । लाखांै मानिस सडकमा निस्किएर आन्दोलन एवं विरोध गर्दा पनि यो देशको सञ्चार माध्यम आँखा चिम्लेर बस्छ । महत्वपूर्ण समाचार सम्प्रेषण नहुनुले पनि यहाँ मिडिया माथि अरू कसैले निगरानी गर्दै आएको छ र सुनियोजित ढंगले नेपालको सभ्यता, संस्कृति, परम्परा, धर्म आदिलाई समाप्त पार्न लागि परेको छ भन्ने कुरा प्रष्ट हुन्छ ।

५. जब–जब हिन्दु चाडपर्व नजिक आउँछन् तब–तब यहाँ चाडपर्व विरोधी लेख प्रकाशन हुन थाल्छन् । तिज आएसँगै धर्मलाई जोडेर महिला हिंसाका समाचार लेखिन थाल्दछन । श्री स्वस्थानीको ब्रत शुरू भएसँगै महिला हिंसाको र पुरुषप्रधान समाजद्वारा दमन गरिएको झुटो अफबाहलाई प्राथमिकताको साथ लेखिन थालिन्छ । राष्ट्रिय एकीकरण दिवसको दिन एकीकरणकर्तालाई नै थुक्ने अभियान चलाईन्छ । दशैं आएसँगै बली प्रथा र जातीय विभेदको कुरालाई महत्व दिएर दशैं विरोधी अभियान नै सञ्चालन गरिन्छ । तिहार आएसँगै ध्वनी प्रदुषण एवं दियो बाल्दा र पटका पड्काउँदा वातावरण प्रदुषण हुन्छ भनेर हुईयाँ कार्यक्रम सञ्चालन गरीराखिएको हुन्छ । जसको आयोजक स्थानीय एनजिओ वा सरकारी संयन्त्र हुन्छन् भने सह–आयोजक कुनै दातृ संस्था । यस्ता विरोध कार्यक्रम गर्नलाई ब्यानर, माइकिंग, स्टेज, खाजापानी आदि खर्च कहाँबाट आईरहेको छ र यिनीहरूलाई कसले परिचालन गरिरहेको छ भन्ने कुरासँग हरेक मानिस जानकार छन् । काठमाडौंको ठाउँमा बसेर बिना कुनै जागिर वा उद्यम अभियन्ता बनेर हिड्ने ब्यक्तिको दिनचर्यालाई नियाल्दा मात्र पनि उनीहरू परिचालित हुन् भन्ने कुराको पुष्टि हुन्छ ।

६. बेलायतमा ६ दशमलव ७ प्रतिशत, नर्बेमा ३ दशमलव ७ प्रतिशत, क्यानाडामा ४ दशमलव ५ प्रतिशत, अष्ट्रेलियामा ३ दशमलव २ प्रतिशत, स्विट्जरल्याण्डमा ५ दशमलव ४ प्रतिशत र फ्रान्समा १० प्रतिशत मुस्लिम छन् । त्यसैगरी, नेपालमा ५ दशमलव ०४ प्रतिशत मुस्लिम र १ दशमलव ५४ प्रतिशत इसाई छन् । तर पनि उनीहरूको स्वाभीमान एवं पन्थको सम्मान गर्दै नेपालले क्रिसमस एवं इदमा विदा दिने गरेको छ । अन्य इसाई देशले इसाई पर्वमा त विदा दिन्छ होला तर मुस्लिम पर्वमा विदा दिदैंन । झन हिन्दु चाडपर्वमा विदा दिने त कुरै भएन । त्यसरी नै अरबिक देशमा कयौं हिन्दु कार्यरत छन् तर त्यहाँ पनि दशैंको दिनमा समेत काम गर्न बाध्य हुन्छन् हाम्रो दाजुभाई । विदा त धेरै परको कुरा भयो । तरपनि हामी हिन्दुलाई नै उक्त विदेशी शक्तिले जातीय र धार्मिक सहिष्णुताको कुरा सिकाई रहेको पाईन्छ । जब कि बास्तविकता के हो भने उनीहरू कसैले पनि अर्को धर्मप्रति सहिष्णुताको भाव राखेको पाइँदैन ।

७. केही समयअघि नेपालगञ्जमा एक घटना भयो । त्यहाँको स्थानीय प्रशासनले नेपालगञ्जको शान्ति व्यवस्था र सदभावलाई ध्यानमा राखेर त्यहाँको घटनालाई सामाजिक सञ्जालमा राख्न र टिका, टिप्पणी गर्नमा रोक लगायो । जनताको सुरक्षालाई ध्यानमा राखेर सरकारले यो कदम उठाएको हो भने धन्यवाद छ । तर सामाजिक सञ्जालमा पाईएका प्रमाणलाई हेर्दा के देखियो भने, हिन्दु र मुस्लिमबिचमा द्वन्दात्मक अवस्थाको सिर्जना नहोस् भनेर प्रहरी तैनाथ गरिएको थियो । मुस्लिम समुदायले ताकेर नै हिन्दुलाई ढुंगा प्रहार गरिरहेका थिए । तरपनि प्रहरीले मुस्लिम समुदायमाथि लाठी प्रहार गरेको देखिएन । यदाकदा १५÷१६ वर्षका जेहादी किसिमको भिड जो एकै ड्रेसमा मैदानमा उत्र्एिका थिए, तिनीहरूलाई लक्षित गरेर प्रहरीले उक्त उच्छृङ्खल समूहलाई नखेदाएको भने होईन । जब कि पूरा घटना एक फेक आईडीमा कुनै फेक परिचयधारीले लेखेको स्टाटसमा आधारित थियो र उक्त आन्दोलनलाई हिंस्रक र जातिवादी रुप दिने स्थानीय जनप्रतिनिधी नै थिए । तैपनि सरकार पक्षले हिन्दु समाजलाई सहयोग गरेको देख्न सकिएन । त्यहाँ पनि हिन्दु विरोधी गतिविधी गर्नेमाथि नै उदार चरित्र देखाएको प्रष्ट देख्न सकिन्थ्यो ।

८. सर्लाहीको घटनामा पनि हिन्दु समाजले आफ्नो पर्व मनाउँदै शोभायात्रा एवं मूर्ति बिसर्जन यात्रा निकालेका थिए, तर त्यहाँ पनि घरभित्र लुकेर छत माथिबाट ढुंगा प्रहार गर्ने, उम्लिएको तातोपानी खन्याउने, महिलालाई अगाडी बढाएर फ्रन्टलाईनमा महिलालाई उभ्याएर पछाडीबाट आक्रमण गर्ने जस्तो किसिमले हिंसाको वातावरणको निर्माण गर्ने कार्य गरियो । त्यति मात्र नभएर बत्ति निभाएर एक स्थानीय हिन्दु युवामाथि छुरा समेत प्रहार गरियो । यस्तो हुँदा–हँुदै सरकारले दोषीलाई कारबाही गर्ने भन्दा पनि सामाजिक सद्भाव न बिग्रियोस् भनेर घटनालाई शान्त पार्न खोजिएको देखियो । घटना सर्लाहीमा भयो तर केन्द्र सरकारले केन्द्रमा भएका १० जना ब्यक्तिलाई बोलाएर उक्त घटनामा आन्दोलन नगर्ने प्रतिबद्धतासहितको हस्ताक्षर गरायो ।

९. हाम्रो समाजमा विगत केही वर्षयता हिन्दु देवी देवतालाई गाली गर्ने, अस्लिलताले भरिएको शब्दावलीको प्रयोग गर्ने, हिन्दु समाजलाई अपमान गर्ने, ब्राह्मण एवं क्षेत्री जातिलाई तोकेर नै गाली गर्ने, काट्छु, मार्छु भन्ने, शरणार्थी भन्ने, खेदाउँछौं भन्ने अभिब्यक्ति दिंदै आएका छन् तर त्यति हुँदा पनि सरकारले त्यसको विरुद्ध कुनै कदम चालेको देखिंदैन तर केही दिनअघि एक धर्मगुरू श्रीनिवासाचार्यले दिएको अभिब्यक्तिलाई लिएर पक्राउ गरेर मुद्दा चलाउन समेत भ्यायो । हिन्दु संघ–संस्थाले विरोध जनाएपछि देशमा आन्दोलन हुने ठानेर सरकारले श्रीनिवासाचार्यलाई छाड्न त छाड्यो तर सामाजिक सञ्जालमा उग्र प्रकृतिको भाषणवाजी गर्ने मंगोल नेशनल अर्गनाइजेसनको नाईके, मस्टो समाजको केही परिचालित अभियान्ता, मुस्लिम समुदायका युवा, इसाई समाजको पास्टर एवं अभियान्ताले दिएको वक्तब्यलाई बेवास्ता गरियो । आंगकाजी शेर्पा, डा.मित्र परियार, डा.केशवमान शाक्य, दलमर्दन कामी, जीवन मंगोल, आहुती, खगेन्द्र संग्रौला, मानबहादुर राई आदि जस्ता कयौं ब्यक्तिले प्रत्यक्षरूपमा सामाजिक हिंसा भड्किने गरेर विचार राख्ने गरेका छन् तर पनि नेपाल सरकारले आजसम्म यिनीहरू विरुद्ध कुनै कारबाही गरेको छैन । तर, संविधानले नै अपराध मानेको गौहत्याको विषयमा हत्यारालाई कारबाही गर्नुपर्छ भनेर सरकार पक्षलाई नै सहयोग हुने गरेर आन्दोलन गर्दै आएका हिन्दु अभियान्तालाई पक्रने र कारबाही गर्नुले सरकारको कार्य शैलीमाथि नै शंका गर्ने स्थान प्रशस्त देख्न सकिन्छ ।

१०. दशैं एवं गढि़माई मेलाको समयमा पशु हिंसाको आवाज उठाउनेले क्रिसमस एवं ईदमा कहिले पनि पशु हिंसाको आवाज उठाएको देख्न पाइँदैन । मन्दिरमा बलेको दियो र दिपावलीमा बालिएको दियोको विषयलाई लिएर आवाज उठाउनेले चर्चमा बालिएको र वातावरणलाई प्रदूषित गर्ने मैन बत्तिको बारेमा कहिले विरोध जनाएको सुनिंदैन । एक कुकुरलाई कसैले लात हानेको भिडियो पोष्ट गर्दा त्यसको विरुद्ध सडकमा आन्दोलन गर्ने र सामाजिक सञ्जालमा विरोध जनाउने ‘एनिमल लभर’ ले कहिले पनि गौहत्या भएर सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दा पनि विरोध गरेको पाइँदैन । नेवारी समुदायले आफ्नो जात्रामा रूखको एक लिङ्गो ठड्याउँदा रूख काट्नुलाई गलत हो भनेर आवाज उठाउनेले क्रिसमसको समयमा विश्वमा लाखांैको संख्यामा काटिने क्रिसमस ट्रिको विरुद्धमा कहिले आवाज उठाएको पाईएन । तिहारमा राती देउसी खेल्दा ध्वनी प्रदुषण हुन्छ, उच्छृङ्गल तत्वद्वारा वितण्डा मच्चाउँछन्, शान्ति ब्यवस्थामा खलल पार्छन् भनेर लेख, रचना लेख्नेले कहिले पनि हरेक रातभरी रूपमा खुल्ने डिस्को र बारमा मदिरा सेवन गरेर, डिस्को बजाएर समाजको एक वर्गलाई बिगारीरहेको छ भनेर तिनको विरुद्धमा आवाज उठाएको पाइँएन । मन्दिरमा बिहान आरती हुँदा घन्टीको आवाज र भजनले ध्वनी प्रदुषण भयो भनेर चिच्याउनेले कहिले पनि दिनको पाँच पटक मस्जिदमा चारैतिर फर्काएर माइक राखेर अल्लाह अकबर भनेर कराएको कर्कश ध्वनीको विरुद्ध आवाज उठाएको पाइँएन । तिहारको समयमा लक्ष्मी पुजाको राती एक दिन पटका पड्काउँदा ध्वनी प्रदुषण एवं वातावरण प्रदुषणको बारेमा चिन्ता ब्यक्त गर्नेले इसाई एवं मुस्लिम देशको कारण दुनिया देशमा बम, बारूद पड्काएको र नव वर्ष तथा ओलम्पिक खेल उद्घाटनताका पटका पड्काएर धुवाले शहर नै प्रदुषण हुने गरेर बातावरण बिगारेको विरुद्ध कहिले आवाज उठाइँएन ।

हिन्दु मन्दिरमा स्वेच्छिकरूपमा अलि–अलि पैसा चढाउँदा विरोध जनाउने र ब्राह्मणले लुट्यो खायो भन्दै बाहुनलाई सामन्ती करार दिनेले कहिले पनि चर्चभित्र अनिवार्यरूपमा उठाईने दशंसको नाममा लिईने हप्ते भेटीको बारेमा आवाज उठाएको सुनिएन । मन्दिरमा चढाएको भेटीको हिसाब खोज्नेले आजसम्म मस्जिद र चर्चको भेटीमाथि प्रश्न उठाएको पाईएको छैन । हिन्दुमाथि भारतको हिन्दुवादी पार्टी र संस्थाले लगानी गरेको छ भनेर झुठो आरोप लगाउनेले प्रत्यक्षरूपमा इसाई देशले अरबौं रकम पठाएर धर्मान्तरण कार्य गराउँदा पनि आजसम्म आवाज उठाएको पाईएको छैन । त्यसैले यी सबै कुरालाई हेर्दा यहाँ दुरभियोजन रूपले नै हिन्दुमाथि प्रहार गर्न र यो देशको संस्कृति, सभ्यता, रितीरिवाज, जातीय पहिँचान आदिलाई समाप्त पार्न यो देशका तथा कथित विद्वान एवं बुद्धिजिवी भनिएका ब्यक्ति, मिडिया, नेता एवं सरकारी संयन्त्रका केही ब्यक्ति लागि परेका छन् भन्दा केही अत्युक्ति नहोला ।

(साभार : संवाद खवर)