+
Search

ताजा अपडेट +

पपुलर +

दसैँको टीका सन्ध्याकालमा लगाउँदा शुभ

दसैँको टीका सन्ध्याकालमा लगाउँदा शुभ
त्रिशूली प्रवाह
२ साल अगाडी
  • ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

……लाई भन्दा देख्नेलाई लाज भनेझैँ फेरि पञ्चाङ्ग निर्णायक समितिले दसैँको टीकाको साइत सुनाएर ज्योतिष पढेकालाई शिर निहुराउनुपर्ने बनाएको छ । बिहान ११ बजेर २ मिनेटमा धनु लग्न, कुम्भ राशि बनाएर साइत सम्प्रेषण गरेछ । एकातिर शनि चन्द्रयोग र अर्कोतिर सूर्य मंगल–बुधको योग पारेर साइत गरेछ । एक त दसैँको टीका ग्रहण दिउँसो गर्नैहुँदैन । धर्मसन्धु वा निर्णयसिन्धुमा स्पष्ट लेखिएको छ : इषत्सन्ध्यामतिक्रान्तः किञ्चिदुद्भिन्न तारकः । विजयो नाम लोकायां सर्व कार्यार्थ सिद्धि दः । अर्थात् सन्ध्याकालमा जब तारा उदय हुन्छ तब विजयादशमी सार्थक हुन्छ, किनकि अपराह्न अपराजिता अर्थात् सो दिन अपराजिता देवीको अपराह्न (१२ बजेपछि) मा पूजा गरेर देवीको विसर्जन गरेपछि देवीको प्रसादका रूपमा टीका ग्रहण गरिने हुँदा टीका सन्ध्याकालमा गर्नु भनी उल्लेख गरिएको हो । दसैँमा टीका बनाउँदा अधिक रातो अबिरको प्रयोग हुन्छ, दिनमा रातो टीका लगाउँदा मंगल ग्रहको म्याक्सिमम करेन्ट प्रवाह हुन गई अनेक प्रकारका दुष्परिणाम आउन सक्ने हुनाले साँझमा टीका ग्रहण गर्नु–गराउनु भनिएको हो । अर्को श्लोकमा पनि भनिएको छ, आश्विनस्य सितेपक्षे दशम्याम् तारकोदय । स काले विजयो ज्ञेया सर्वकायार्थ सिद्धये । यसले पनि आकाशमा तारा उदय भएपछि मात्र टीका ग्रहण गर्नु–गराउनु भनी निर्देश गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

साथसाथै, उदये दशमी किञ्चित्सम्पूर्णैकादशी यदि । श्रवणक्र्ष यदा काले सा तिथिर्विजयाभिदम् । अर्थात् उदयमा अलिकति दशमी छ र अरू सम्पूर्ण एकादशी भएमा पनि श्रवण नक्षत्र पाइएमा सोही दिन टीका ग्रहण गर्नु, श्रवणले रहित विजया हुँदैन भनिएको छ । यसो हुँदा कात्तिक ६ गते श्रवण नक्षत्र पारेर टीका ग्रहणको साइत गर्नु उत्तम हुन्छ । किनकि श्रवण नक्षत्रमा चन्द्रमा सेता वर्णका हुन्छन्, तसर्थ रातो टीका लगाए पनि चन्द्रमाले सेतै कलर प्रक्षेपण गर्छ भन्ने अर्थले त्यसो भनिएको हो । अलिकति धर्मशास्त्र र ज्योतिष पढेको जोकोहीले बुझ्न त्यति गाह्रो छैन । धर्म तथा निर्णय सिन्धुले नवमीमा श्रवण नक्षत्र पाइएमा साँझमा र एकादशीमा श्रवण पाइएमा बिहानको साइतमा टीका लगाउनु भनेको छ । तर, समितिले दिएको समय धनिष्ठा नक्षत्रको तेस्रो पाउ अर्थात् गे अक्षरतिर पु¥याएको छ । यस्तो साइतमा टीका लगाउँदा जनतालाई कष्ट, विद्रोह, लडाइँ, झगडा, मारपिट पनि हुन सक्छ । कमसे कम समितिमा सरकारले गणित र धर्मशास्त्र जानेको मान्छे लगेको भए यस विषयमा बहस, छलफल आदि हुने थियो । कुनै नियमलाई आधार नबनाई आफ्नो मनोमानी र हचुवाको भरमा समितिले साइत निकालेको छ, यसमा सबैले होसियारी अपनाउनु राम्रो हुनेछ । यस्तो बेलामा अक्षेतामा केसरी बढी हालेर रातो अलिकति मात्र प्रयोग गर्नुपर्दछ, अथवा पहेँलो टीका मात्र ग्रहण गर्नु यथोचित हुनेछ । पात्रो बनाउँदा सङ्क्रान्ति बिगार्ने (पोहोर असोज ३१ छ, यसपल्ट ३० छ) र टीकाको साइत पनि दिन नसक्ने समितिलाई सरकारले किन राखिराख्छ ? आश्चर्यको विषय भएको छ ।

महाकवि देवकोटा आश्रम ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह