+
Search

ताजा अपडेट +

पपुलर +

विश्व बन्धुत्व दिवसमा एक सय १९ युनिट रगत सङ्कलन

विश्व बन्धुत्व दिवसमा एक सय १९ युनिट रगत सङ्कलन
त्रिशूली प्रवाह
६ महिना अगाडी

विदुर । ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र बट्टार शाखाको आयोजनामा विश्व बन्धुत्व दिवस र राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवसको अवसरमा बृहत् रक्तदान महाअभियान विसं २०८२ अन्तर्गत नुवाकोटको देवीघाट, बट्टार र ढुङ्गेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

यही भदौ ६ गते बट्टारमा भएको रक्तदानमा ५६, ४ गते देवीघाटमा भएको कार्यक्रममा २४ र ८ गते ढुङ्गेमा भएको कार्यक्रममा ३९ युनिट रगत सङ्कलन भएको उपसेवा केन्द्रले जानकारी दिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो । ओम शान्ति परिवारले परात्मासँग मिलन गराउने, योग ध्यान, साधना, रक्तदानलगायतको सामाजिक कार्य गर्दै आएको भन्दै रक्तदान कार्यक्रमले रगतको अभाव टार्न सहयोग गर्ने रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले बताउनुभयो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्व बन्धुत्व दिवसको अवसरमा देशभरि यही भदौ ६ देखि ९ गतेसम्म बृहत् रक्तदान अभियान सञ्चालन गरेको थियो । केन्द्रले विगत ५५ वर्षदेखि नेपालमा शान्ति, सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम गर्न तथा आध्यात्मिकका नैतिक, चारित्रिक र मानवीय मूल्यको पुनस्र्थापना गर्नमा महत्त्वपूर्ण सामाजिक र आध्यात्मिक कार्य गर्दै आइरहेको विदुर-४ का पूर्वअध्यक्ष एवम् समाजसेवी टलकमान श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह