तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १६ कार्तिक २०८०, बिहीबार ११:५७
Buddha Eyes

दसैँ आयो ढोल बजाई, दसैँ गयो ऋण बोकाई विगतदेखिको यो नेपाली नियति ! दसैँ आएसँगै बजारभाउ उकालो लाग्ने, प्रहरी प्रशासन र अन्य निकायले बजार अनुगमन गर्ने, प्रहरीको यात्रु सहायता कक्ष खुल्ने, व्यवसायीले छुटको बहानामा उपभोक्ता लुट्ने नियमित प्रक्रियाले यसपटक पनि निरन्तरता ! अत्यावश्यक सेवाभित्र सार्वजनिक यातायात क्षेत्र नपर्दा नुवाकोटमा दसैँको एक हप्ताअघि र एक हप्तापछि बसका टिकट काउन्टर बन्द हुँदा यात्रुले भोगेको सास्तीमा प्रहरीको यात्रु सहायता कक्ष बेखबर ! काठमाडौं–त्रिशूलीको दूरीअनुसारको भाडा कायम गर्ने निकाय र नागरिक तथा उपभोक्ताको वकालत गर्नेको आवाज मलिनो हुँदा जिल्लावासीलाई सास्ती !