तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २३ कार्तिक २०८०, बिहीबार १२:५२
Buddha Eyes

देशमा शिक्षाको स्तर खस्क्यो भनेर डलर खाएर डगार्ने विज्ञको कमी छैन । गणतन्त्रका हिमायती प्रायः नेताको सन्तान उच्च शिक्षा अध्ययनमा विदेश ! बाँकी जनप्रतिनिधि तथा सामुदायिक विद्यालयबाट तलब–भत्ता हसुर्नेका सन्तानलाई निजी विद्यालय सुरक्षित ! सामुदायिक विद्यालयमा सिर्जनशीलता र व्यावहारिक शिक्षाका लागि माविका विषयगत शिक्षक गाइड, गेसपेपर, प्राक्टिसबुक र प्रश्नपत्रको सङ्गालो बिक्रीमै समय खर्चँदा जिल्लाका पुस्तक व्यवसायी मालामाल ! जनताका छोराछोरी भने निजी विद्यालय पढेकासँग प्रतिस्पर्धा गर्न नसकेर बुर्जुवा शिक्षालाई सराप्दै एसइईपछि विदेश फाल हाल्न बाध्य ! जिल्लाका सरकारी शिक्षक र जनप्रतिनिधिका छोराछोरी कहाँ पढ्दै छन्, खोजीनिती गर्ने कसले ?