तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १४ मंसिर २०८०, बिहीबार १२:३२
Buddha Eyes

लोकतन्त्र भनेर नथाक्ने काङ्ग्रेस पार्टी कमजोर हुँदा राजावादीको सलबलाहट ! गत ०७४ को संसद्मा केसीलाई हराएर नारायण कमरेड सांसद हुँदा सिंहदरबारमै हराए रे ! सिंहदरबार थर्काउन र हल्लाउन आफैँ नगई हुन्न भनेर यसपटक गठबन्धनको टेकोमा संसद् छिरेका केसीले न सिंहदरबारलाई थर्काउन सके न हल्लाउन नै, आफैँ हल्लिएपछि जिल्लातिर गुट/उपगुटलाई मलजल ! अभियान, सम्मेलन, भेला, गोष्ठी सञ्चालन गरेर काङ्ग्रेसलाई ढिक्का पार्ने कार्जेक्रममा बेलकोट र तारकेश्वरमा एकै दिन दुई-दुईवटा भेला ! एउटामा संस्थापना पक्ष र अर्कोमा संस्थापनइतर पक्षका नेताको नेतृत्व हुँदा कार्जेकर्ता निराश ! अब विदुर नगर सम्मेलनमा संस्थापन पक्षधर नेतालाई ढिम्किन नदिने हल्लाले जिल्ला सभापति प्रदेश सरकारको मन्त्री हुन गुट परिवर्तन गर्ने चर्चा !